कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुनमा को ? – Nepal Press

कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुनमा को ?

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छ । कांग्रेस उपप्रधान तथा सहरी विकास मन्त्रालयमा प्रकाशमान सिंहको नेतृत्वमा केपी ओली सरकारमा जाने भएको हो । सभापति शेरबहादुर देउवाले आफूनिकट ६ जनालाई मन्त्री बनाएका छन् । इतर समूहले ४ मन्त्रालय पाउनुपर्ने अडान राख्दै नाम दिन ढिलाइ गरिरहेका थिए । तर, देउवाले तीन मन्त्रालयभन्दा दिन नसक्ने सुनाएपछि शेखर कोइराला र गगन थापा समूहले पाण्डे, पौडेल र अधिकारीको नाम दिएका हुन् ।

कसलाई कुन मन्त्रालय ?

१. प्रकाशमान सिंह- उप प्रधानमन्त्री शहरी विकास

२. रमेश लेखक-गृह

३. आरजु राणा-परराष्ट्र

४. दीपक खड्का-ऊर्जा

५. ऐनबहादुर शाही- वन

६. अजय चौरसिया- कानून

७. तेजुलाल चौधरी- युवा खेलकुद

८. बद्री पाण्डे -पर्यटन

९. प्रदीप पौडयाल- स्वास्थ

१०. रामनाथ अधिकारी- कृषि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर