सिमलताल दुर्घटनामा परेको बस र यात्रुको खोजीमा इकोसाउण्डर उपकरण परिचालन गरिँदै – Nepal Press

सिमलताल दुर्घटनामा परेको बस र यात्रुको खोजीमा इकोसाउण्डर उपकरण परिचालन गरिँदै

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बस र यात्रुको सोमबारदेखि इकोसाउन्डर उपकरण सहितका प्राविधिक समेत परिचालन गरेर खोजी गर्न लागिएको छ ।

उक्त प्रविधिले ३०० मिटर गहिराइसम्मको ट्र्याक गर्न सक्ने गृह मन्त्रालयका सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपालले यसको समन्वय गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *