ओलीको शपथ समारोहमा गएनन् माधव
नेपाल प्रेस
२०८१ असार ३१ गते १२:०२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गएनन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहण समारोहमा प्राय: सबै शीर्ष नेता देखिँदा नेपाल नदेखिएका हुन् ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई पुगेका छन् ।
एमालेबाट अलग भएपछि माधव नेपाल अहिलेसम्म ओलीको कार्यक्रममा सहभागी भएका छैनन् भने दुई नेताहरूबीचको सम्बन्धमा अझै सुधार आउन सकेको छैन ।
प्रतिक्रिया
राजकीय मामलामा पनि माधव नेपालले किन केटाकेटी झगडा गरेर नबोलेको जस्तो गरेको होला ।
हार्दिक बधाइ सम्माननीय केपी ओलीज्यू
यसैबाट बुझिन्छ माकुने कति तुच्छ सोंचका व्यक्ति रहेछन् भनेर। अब सधैभरी कुना रोज्ने मान्छेको एस भन्ने पार्टी कस्तो बन्दै जाला। आज ओलीले प्रधानमन्त्री पदको शपथ लिंदै गर्दा माकुने को पेट भतभती पोलको हुनुपर्छ। त्रिभूज कमरेड घनश्याम भुसालको प्रतिक्रिया जान्न मन छ। यो सरकारलाई गल्ती गर्ने छुट कत्ति पनि छैन। शुभकामना।