सिंहदरबारको दृष्य : कतै स्वागत कतै धर्ना – Nepal Press

सिंहदरबारको दृष्य : कतै स्वागत कतै धर्ना

काठमाडौं । कृषि मन्त्रालयमा कार्यरत राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिकहरूको आन्दोलन अझै जारी छ ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न दबाब दिँदै आन्दोलन जारी नै राखेका छन् ।

मुलुकले आजमात्र नयाँ सरकार पाएको छ । कांग्रेस-एमालेबीच सत्ता समीकरणसँगै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । नयाँ मन्त्रीहरू शपथपछि पदभार सम्हाल्न मन्त्रालय आउन लागेका छन् ।

अन्य मन्त्रालयमा मन्त्रीको स्वागतका लागि कर्मचारी पुष्पगुच्छासहित लाइन लागेर बसिरहेका बेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारी मन्त्रीको ध्यानाकर्षण गराउन मूलगेटमै धर्नामा बसिरहेका हुन् । ओली सरकारमा कृषिमन्त्री कांग्रेसका रामनाथ अधिकारी नियुक्त भएका छन् ।

२०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएको आन्दोलित कर्मचारीको भनाइ छ ।

संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषि तर्फका पुल दरबन्दीमा रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति गर्न उनीहरूको माग छ ।

यस्तो छ उनीहरूको माग


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *