सिंहदरबार छिर्नुअघि कांग्रेसका मन्त्रीले सानेपा पुगेर सम्झिए बीपी – Nepal Press

सिंहदरबार छिर्नुअघि कांग्रेसका मन्त्रीले सानेपा पुगेर सम्झिए बीपी

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरू पार्टी मुख्यालय सानेपा पुगेका छन् । शीतल निवासमा शपथपछि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसहित ९ जना मन्त्री पार्टी कार्यालय पुगेका हुन् ।

उनीहरूले कार्यालय परिसरमा रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गरे । कांग्रेसबाट मन्त्री बनेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलबाहेक सबै सानेपा पुगेका थिए ।

कांग्रेसबाट उपप्रधानमन्त्री सिंहसहित रमेश लेखक गृह, आरजु राणा परराष्ट्र, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन, अजय चौरसिया कानून, तेजुलाल चौधरी युवा खेलकुद, बद्री पाण्डे पर्यटन र रामनाथ अधिकारी कृषिमन्त्री बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर