मन्त्री दाहालले सम्हाले कार्यभार, राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद लैजाने पहिलो निर्णय – Nepal Press

मन्त्री दाहालले सम्हाले कार्यभार, राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद लैजाने पहिलो निर्णय

काठमाडौं । नवनियुक्त मन्त्री देवेन्द्र दाहालले पदभार सम्हालेका छन् । उनले मन्त्रीको शपथ लिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन् ।

उनले भदभार सम्हाल्दै मन्त्रालयमा पहिलो राष्ट्रिय यातायात नीति मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेका छन् । एमालेबाट सरकारमा सहभागी उनको मन्त्रालयमा पहिलो यात्रा हो । एमाले–कांग्रेसको गठबन्धनको सरकार बनेसँगै २२ जना मन्त्रीसहित सरकारले पूर्णता पाएको छ ।

दाहाल राष्ट्रिय सभा सदस्य हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर