मन्त्रालय छिर्नै पाएनन् कृषिमन्त्री अधिकारी – Nepal Press

मन्त्रालय छिर्नै पाएनन् कृषिमन्त्री अधिकारी

काठमाडौं । सिंहदरबारमा नयाँ मन्त्रीको स्वागत चलिरहँदा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी भने मन्त्रालयभित्रै नपसी फर्कनुपरेको छ । अन्य मन्त्रालयमा मन्त्रीको स्वागतका लागि कर्मचारी पुष्पगुच्छासहित लाइन लागेर बसिरहेका बेला मन्त्री अधिकारी भने कर्मचारी आन्दोलनका कारण रोकिएका हुन् ।

त्यहाँ सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो । उनले केहीबेर कर्मचारीको कुरा सुने । र, प्रधानमन्त्री कार्यालयतर्फ लागे ।

यस मन्त्रालयका राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक मूलगेटमै धर्ना बसेका छन् ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न दबाब दिँदै आन्दोलन जारी नै राखेका छन् ।

२०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएको आन्दोलित कर्मचारीको भनाइ छ ।

संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषि तर्फका पुल दरबन्दीमा रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति गर्न उनीहरूको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर