त्रिशूलीमा बस र यात्रु बेपत्ता: मधेशका मृतक परिवारलाई एक लाख दिने मुख्यमन्त्रीको घोषणा – Nepal Press

त्रिशूलीमा बस र यात्रु बेपत्ता: मधेशका मृतक परिवारलाई एक लाख दिने मुख्यमन्त्रीको घोषणा

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले त्रिशूली नदीमा बेपत्तामध्ये मधेशका नागरिकको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

मृत्यु भएको पुष्टि भएमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सम्बन्धित परिवारलाई १-१ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा मुख्यमन्त्री सिंहले गरेका हुन् ।

असार २८ मा चितवनको सीमलतालमा खसेको पहिरोले दुइटा बसलाई त्रिशूली नदीमा बगाएको थियो । बसका ५६ यात्रु बेपत्ता भएका थिए । जसमध्ये १२ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार बेपत्तामध्ये धेरै यात्रु पर्सा र रौतहटका छन् ।

मुख्यमन्त्री सिंहले दुर्घटना अत्यन्त दुःखद रहेको भन्दै बेपत्ता यात्रुलाई खोज्न दक्ष गोताखोर परिचालन गर्न र प्रविधिको प्रयोग गर्न संघीय सरकारसँग माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर