ओलीलाई बधाई दिँदै रवि लामिछानेले भने- भ्रष्टाचारका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं – Nepal Press

ओलीलाई बधाई दिँदै रवि लामिछानेले भने- भ्रष्टाचारका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

निवर्तमान उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले ओली नेतृत्वको सरकारलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर