भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गरिन्छ: परराष्ट्रमन्त्री राणा – Nepal Press

भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गरिन्छ: परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिएकी छन् ।

मन्त्रालयमा साेमबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भूमिका खेल्नसक्ने बताइन् ।

उनले भनिन्, ‘यो ठूलो सेना भएको देश पनि होइन, हामी पञ्चशीलमा विश्वास गर्ने देश हौं । यो जिम्मेवारीलाई अघि बढाउन पनि भूमिका खेल्नुपर्ने देखिन्छ । यो पोलिटिक्स पहिलाको भन्दा भिन्दै भएर गइरहेको छ । अहिले पनि हामी सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार गरेर लैजानुपर्छ । देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भूमिका खेल्नसक्छ । विभिन्न देशसँग पनि हामीले दौत्य सम्बन्ध राखेका छौं ।’

परराष्ट्रमन्त्री राणाले भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गर्ने बताइन् । पहिलाभन्दा अहिले धेरै सूचना भएकाले दुई देशबीचको पिलरको झगडा गर्नुपर्ने अवस्था नरहेको उनले बताइन् ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषयमा पनि दुई देशबीच छलफल गरेर निष्कर्षमा पुग्न सकिने उनको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गरिन्छ: परराष्ट्रमन्त्री राणा

  1. विश्व मा भ्रष्ट लुटेरा हत्यारा आतङ्क वादी बलत्कारी घुस्याहा ठग हरूलाई जेलको कालकोठरीमा कोचेर राखिन्छ तर नेपाल मा सत्ता मा सवार गराईन्छ। अजव गजव छ नेपालमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर