सदनमा राप्रपाले भन्यो : कांग्रेस-एमाले मिल्दा जनतामा आशा पलाएको छ, निराशामा परिणत नहोस् (भिडिओ) – Nepal Press

सदनमा राप्रपाले भन्यो : कांग्रेस-एमाले मिल्दा जनतामा आशा पलाएको छ, निराशामा परिणत नहोस् (भिडिओ)

काठमाडौं । राप्रपाका सांसद धवलशम्मेर राणाले नयाँ सरकारले भ्रष्टाचारको फाइल मात्रै खोल्ने नभएर दोषीलाई कारबाही गर्न सक्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा राप्रपा महामन्त्री समेत रहेका राणाले दुई ठूला दल मिलेर सरकार बनाउँदा जनतामा आशा पलाएको बताए ।

उनले भने, ‘भ्रष्टाचारको फाइलहरु खोल्ने मात्रै होइन, तीव्र गतिमा दोषीलाई कारबाही गर्नुपर्छ भन्ने मान्यतामा हामी छौं । यो नयाँ सरकारले त्यो काम गर्छ भन्ने हामीले विश्वास व्यक्त गर्छौँ ।’

उनले कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि जनतामा पलाएको आशा निराशामा परिणत नहुने विश्वास व्यक्त गरे । देशमा भएका किसानहरुको समस्या समाधान गर्न सरकारसँग माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर