सभामुखले एनपी साउदलाई बोल्न दिए, उठे नारायणप्रसाद आचार्य
नेपाल प्रेस
२०८१ असार ३१ गते १८:३०
काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा एनपी साउदको पालोमा नारायणप्रसाद आचार्य उठेर बोलेका छन् ।
सभामुख देवराज घिमिरेले नाम उच्चारण गर्दै नारायणप्रकाश साउद (एनपी साउद)लाई बोल्न समय दिएका थिए । तर नारायणप्रसाद आचार्य उठेर बोल्न थालेपछि साउद अलमलमा परेका थिए । आचार्य बोल्न थालेको केही सेकेन्डपछि सभामुख घिमिरेले आफुले साउदलाई बोल्न समय दिएको भन्दै आचार्यलाई बस्न आग्रह गरेका थिए ।
साउदले बोलिसकेपछि सभामुखले आचार्यलाई बोल्ने समय दिएका थिए ।
प्रतिक्रिया