अघिल्लो सरकारका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने मन्त्रिपरिषदको निर्णय – Nepal Press

अघिल्लो सरकारका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने मन्त्रिपरिषदको निर्णय

निमित्त मुख्य सचिव गड्तौलालाई कामू मुख्यसचिवको जिम्मेवारी

काठमाडौं । सरकारले २०८२ साल असार मसान्तसम्म सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ । बैठकले परिवर्ततित समयमा मन्त्रिपरिषद् र मन्त्रिपरिष्दका विभिन्न समितिमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको छ ।

विपद्का घटनामा परेर १० दिनसम्म पनि फेला नपरेका व्यक्तिका परिवारलाई पनि मृतृक सरह नै राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव लिलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिव (कामू)को जिम्मेवारी दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य रहने कानूनी व्यवस्था रहेको भए पनि अबको दोस्रो बैठकदेखि २४ घण्टापछि मात्रै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने निर्णय गरेको छ भने तत्कालिन भन्नैपर्ने निर्णय भए मात्रै तत्कालिन सार्वजनिक गर्ने निर्णय भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर