परराष्ट्रमन्त्री राणालाई भारतीय, पाकिस्तानी समकक्षीले दिए बधाई – Nepal Press

परराष्ट्रमन्त्री राणालाई भारतीय, पाकिस्तानी समकक्षीले दिए बधाई

काठमाडौँ । भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु भनेका छन् ।

यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर