१४ खर्ब ८ अर्ब : सरकारको १ वर्षको खर्च – Nepal Press

१४ खर्ब ८ अर्ब : सरकारको १ वर्षको खर्च

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ८ अर्ब ७६ करोड खर्च गरेको छ । सो रकम सरकारले भुक्तानी दिएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार सरकारले गरेको खर्च मध्ये सबैभन्दा धेरै चालू तर्फ ९ खर्ब ५२ अर्ब ४१ करोड भुक्तानी गरेको छ ।

विकास खर्च १ खर्ब ९१ करोड खर्च भएको छ । भने, वित्तीय व्यवस्थातर्फ २ खर्ब ६४ अर्ब ६३ करोड खर्च भएको हो ।

सरकाले गत चालु आवमा १० खर्ब ३० अर्ब राजस्व सङ्कलन गरेको छ । जसमा राजस्वमा ९ खर्ब २७ अर्ब राजस्व र गैर कर शीर्षकमा १ खर्ब ३ अर्ब राजस्व सङ्कलन भएको हो । अनुदान २ अर्ब ७५ करोड प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा भन्दा २०८०/८१ मा ७३ अर्ब ७२ धेरै राजस्व उठेको छ । अघिल्लो आर्थिक वर्षमा ९ खर्ब ५६ करोड राजस्व सङ्कलन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *