परराष्ट्रमन्त्री राणा र भारतका राजदूतबीच भेटवार्ता, नेपाल-भारत सम्बन्ध र सहयोगका विषयमा छलफल – Nepal Press

परराष्ट्रमन्त्री राणा र भारतका राजदूतबीच भेटवार्ता, नेपाल-भारत सम्बन्ध र सहयोगका विषयमा छलफल

कैलाली । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच मंगलबार भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्री राणासँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री नियुक्त भएकोमा राणालाई बधाई दिए ।

परराष्ट्र मन्त्रालयले शिष्टाचार भेटमा परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवका बीचमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको जनाएको छ ।

सोमबार परराष्ट्र मन्त्री नियुक्त भएकी डा. राणासँग शिष्टाचार भेट गर्ने श्रीवास्तव पहिलो राजदूत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर