मन्त्रिमण्डल समावेशी नभएको भन्दै महिला आयोगले गरायो ध्यानाकर्षण
नेपाल प्रेस
२०८१ साउन १ गते १५:५७
काठमाडौं । कांग्रेस-एमाले नेतृत्वको मन्त्रिमण्डल समानुपातिक समावेशिता नभएको भन्दै राष्ट्रिय महिला आयोगले ध्यानाकर्षण भएको बताएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ सदस्यीय मन्त्रिमण्डलमा संविधानमा व्यवस्था भएअनुसार समावेशी सिद्धान्तको आधारमा सहभागिता नगराए ९ प्रतिशत अर्थात जम्मा २ जनामात्रै महिला समेटिएको जनाएको हो ।
अध्यक्ष कमलाकुमारी पराजुलीद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको भाग ३ को धारा ३८ मा को उपधारा ४ मा रहेको राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक रहेको स्मरण गराइएको छ ।
प्रतिक्रिया