सत्ताबाट हटेपछि प्रचण्डले व्युँताए समाजवादी मोर्चा, उपेन्द्र यादवको कुर्सी खाली – Nepal Press

सत्ताबाट हटेपछि प्रचण्डले व्युँताए समाजवादी मोर्चा, उपेन्द्र यादवको कुर्सी खाली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अग्रसरतामा समाजवादी मोर्चाको बैठक बसेको छ । प्रचण्ड प्रधानमन्त्री भएकै बेला उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि मोर्चा निष्क्रिय भएको थियो । यादवले प्रचण्डमाथि आफ्नो पार्टी विभाजन गराएको आरोप लगाएका थिए ।

मोर्चा बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव र महेन्द्र यादव नेतृत्वको नेसपाका नेताहरु सहभागी छन् । यसअघि मोर्चाको दोस्रो ठूलो घटक रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव भने बैठकमा गएका छैनन् ।

बैठक नेकपा एसको केन्द्रीय कार्यालयमा बसिरहेको छ ।


प्रतिक्रिया

2 thoughts on “सत्ताबाट हटेपछि प्रचण्डले व्युँताए समाजवादी मोर्चा, उपेन्द्र यादवको कुर्सी खाली

  1. यिनले खम्वुवान मोर्चा पनि व्यूउँताउन बेर छैन । गर्ने काम अरू केही नभएपछि के गरी दिन काट्ने ? यस्तै मोर्चाको नाममा देशमा अशान्ति मच्च्यायो बस्यो । अनि उथलपुथल गर्ने मान्छे पो त भन्यो मेडियामा छायो । यति नै त हो अहिलेसम्मको देखिने काम ।

  2. स्वार्थी, नौटंकी प्रचण्ड । प्रचण्डलाई मन लागेको बेला पुच्छर बनिदिन जाने देख्दा पो उदेक लाग्छ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर