कोशी सरकारको अगुवाइमा सवारी पटके राजस्व संकलन केन्द्र- दैनिक ५ लाख संकलनको अनुमान – Nepal Press

कोशी सरकारको अगुवाइमा सवारी पटके राजस्व संकलन केन्द्र- दैनिक ५ लाख संकलनको अनुमान

विराटनगर । कोशी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको उद्घाटन गरेका छन् ।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा राखिएको पटके राजश्व संकलन केन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको चारआलीमा आर्थिक वर्ष सुरू भएलगत्तै स्थापना गरिएको हो ।

प्रदेशको बजेटमार्फत यो कार्यालय संचालनमा ल्याउने घोषणा गरिएको थियो । कार्यालय सञ्चालनसँगै भारतीय नम्बर प्लेटको सवारीसाधनको पटके कर लिन सजिलो हुने र प्रदेशको राजश्वसमेत बढ्ने अधिकारीले विश्वास जनाए ।

यसअघि माघमा इलाममा यस्तो कार्यालय सञ्चालनमा ल्याइएको थियो । इलामले असारसम्म करिब ४२ लाख राजश्व संकलन गरेको छ । अहिले सुरू गरिएको कार्यालयबाट राजश्व उठाउन पनि सजिलो हुने र प्रदेशमा आउने भारतीय पर्यटकलाई पनि सहज हुने सरकारको अपेक्षा छ ।

यी नयाँ कार्यालयबाट कम्तीमा पनि दैनिक ५ लाख राजश्व प्रदेश सरकारलाई थपिने अनुमान छ ।

सवारी राजश्व केन्द्र २४ घण्टा सञ्चालन हुनेछ । भारतीय सवारी साधन सानो चारचक्केको पाँच सय र ठूला सवारी साधनको एक हजार पाँच सय तथा स्वदेशी चार चक्के सवारीसाधनलाई प्रतिकिलोमिटर दुई सय इजाजत दस्तुर लिने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *