शेयर धितो कर्जा बढेपनि बैंकहरु लगानी घटाउँदै, कुनकाे कति घट्याे ? – Nepal Press

शेयर धितो कर्जा बढेपनि बैंकहरु लगानी घटाउँदै, कुनकाे कति घट्याे ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ८७ अर्ब ११ करोड २७ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जामा लगानी गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाहरूले चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ८७ अर्ब ११ करोड २७ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

गत आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूले ७४ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ यस्तो कर्जा लगानी भएको थियो । गत आर्थिक वर्षको तुलनामा यस वर्ष बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जामा लगानी १४ प्रतिशतले बढाएका छन् ।

११ महिने अवधिमा वाणिज्य बैंकहरुले मात्रै ६८ अर्ब ६२ करोड ४४ लाख बराबरको शेयर धितो कर्जामा लगानी गरेका छन् । विकास बैंकहरुले १४ अर्ब ६६ करोड ६१ लाख र फाइनान्स कम्पनीहरूले ३ अर्ब ८२ करोड २१ लाख बराबरको शेयर धितो कर्जामा लगानी गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को पाँच महिना (साउनदेखि मंसिरसम्म)मा बैङ्क तथा वित्तीय संस्थाहरूबाट ८१ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह भएको थियो । जुन जेठ महिनासम्म आइपुग्दा ८७ अर्ब ११ करोड २७ लाख बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ५० लाखमाथिको शेयर धितो कर्जाको जोखिम भार १५० बाट घटाएर १२५ प्रतिशत बनाएको थियो । १२५ प्रतिशतको जोखिम भारलाई पनि १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारिसकेको छ । यसले शेयर धितो कर्जा प्रवाह बढाउने अपेक्षा गरिएको थियो । तर, अपेक्षा अनुरूप यस्तो कर्जामा बैंकहरुले लगानी बढाएको देखिदैन ।

त्यस्तै, राष्ट्र बैङ्कले गत असोज (२०८०)मा १२ करोडको शेयर धितो कर्जा क्याप सीमालाई परिमार्जन गरेर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

त्यतिबेलाको बैंक ब्याजदर पनि एक अङ्कमा झर्नुपर्न लगानीकर्ताहरूले बताउँदै आएका थिए । जुन करिब ६ महिनाभन्दा बढी समयदेखि एक अङ्कमा रहेको छ । तर पनि, शेयर धितो कर्जाको प्रवाह बढेको छैन ।

शेयर धितो कर्जामा कुन बैंकले कति गरे लगानी ?

वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी नबिल बैंकले शेयर धितो कर्जामा लगानी गरेको छ भने सबैभन्दा कम नेपाल एसबिआई बैंकले शेयर धितो कर्जामा लगानी गरेको छ । वाणिज्य बैंकहरुमा ७ बैंकले शेयर धितो कर्जा प्रवाह बढाएका छन् । त्यस्तै, १२ बैङ्कहरूले शेयर धितो कर्जामा लगानी घटाएका छन् ।

नबिल बैंक

नबिल बैंकले ११ महिनाको अवधिमा ११ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जबकि बैंकले चालू आर्थिक वर्षको पहिलो ५ महिनासम्म यस्तो कर्जा ११ अर्ब ८ करोड ६० लाख रुपैयाँ प्रवाह गरेको थियो । जुन ११ महिनासम्म आइपुग्दा बैंकले ३४ करोडले शेयर धितो कर्जा प्रवाह घटाएको छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमइ बैङ्कमार्फत चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ । बैंकले गत मङ्सिर महिनासम्म ६ अर्ब ३६ करोड ३० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो । गत मङ्सिरदेखि जेठसम्म आइपुग्दा बैंकले यस्तो कर्जा प्रवाह करिब ७३ करोडले बढाएको छ ।

प्राइम बैंक

प्राइम कमर्सियल बैंक लिमिटेडले ११ महिनाको अवधिमा ४ अर्ब ७ करोड ८१ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनासम्म ४ अर्ब २५ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो । जुन ६ महिनाको अवधिमा १७ करोडले यस्तो कर्जामा लगानी घटाएको छ ।

नेपाल बैंक

नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको ११ महिनामा ६ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ शेयर धितो कर्जामा लागनी गरेको छ । यस वर्षको पहिलो पाँच महिनामा यस बैंकले ४ अर्ब ४५ करोड ८० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो । जुन ६ महिनामा १ अर्ब ८० करोडले शेयर धितो कर्जा प्रवाह बढेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले यस ११ महिनामा ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । वाणिज्य बैंकले आर्थिक वर्षको पहिलो ५ महिनासम्म शेयर धितो कर्जामा ४ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । जेठ महिनासम्म आइपुग्दा बैंकले करिब १३ करोड रुपैयाँले यस्तो कर्जा प्रवाह घटाएको छ ।

हिमालयन बैंंक

हिमालयन बैंक लिमिटेडले पनि शेयर धितो कर्जा प्रवाह घटाएको छ । बैंकले चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म २ अर्ब ७ कारेड ४२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंक पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म) २ अर्ब ४७ करोड २० लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेको थियो । जुन जेठ मसान्तसम्म आइपुग्दा करिब ४० करोडले घटाएको छ ।

एभरेस्ट बैंक

एभरेस्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको जेठ महिनासम्म २ अर्ब ६ करोड ५८ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । एभरेस्ट बैंकले गत मङ्सिर महिनासम्म यस्तो कर्जा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँ प्रवाह गरेको थियो । बैंकले आफ्नो शेयर धितो कर्जातर्फको लगानी ६ महिनामा करिब ७० करोडले घटाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेघा बैंक

नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कमार्फत ११ महिनामा १ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो ५ महिनासम्म २ अर्ब २८ करोड ६० लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेको थियो । बैंकले ६ महिनामा ३७ करोड रुपैयाँले यस्तो कर्जा प्रवाह घटाएको छ ।

नेपाल एसबीआइ बैंक

नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म १२ करोड २५ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । नेपाल एसबिआई बैंकले गत मङ्सिरसम्म शेयर धितो कर्जामा २ करोड ३० लाख रुपैयाँ प्रवाह गरेको थियो । यस बैंकले जेठ महिनासम्म आइपुग्दा १० करोडले यस्तो कर्जा प्रवाह बढाएको छ ।

एनआईसी एसिया

एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको जेठ महिनासम्म ४ अर्ब ६ करोड ५८ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । बैंकले गत मङ्सिरसम्म ४ अर्ब ६० करोड ५० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो । बैंकले जेठ मसान्तसम्म आइपुग्दा करिब ५८ करोडले शेयर धितो कर्जा प्रवाह घटाएको छ ।

माछापुच्छ्रे बैक

माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको ११ महिनासम्म ४६ करोड १२ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । गत मङ्सिरसम्म यस बैंकले ४६ करोड ८० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो । बैंकको मार्जिन प्रकृतिको कर्जा प्रवाह ६ महिनामा ६८ लाख रुपैयाँले घटाएको छ ।

कुमारी बैंक

कुमारी बैंकले चालू आर्थिक वर्षको ११ महिनामा ४ अर्ब १५ करोड ४९ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । यस बैंकले चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ३ अर्ब ६६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले ६ महिनामा शेयर धितो कर्जा प्रवाह ४९ करोडले घटाएको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ३ अर्ब ३५ करोड १६ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले चालू आर्थिक वर्षको पाँच महिनासम्म ३ अर्ब २५ करोड ४० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो । जुन जेठ मसान्तसम्म आइपुग्दा करिब १० करोडले शेयर धितो कर्जा प्रवाह घटेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैङ्क लिमिटेडमार्फत ११ महिनामा ५ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह भएको छ । बैंकले पहिलो पाँच महिनासम्म यस्तो कर्जा ४ अर्ब १२ करोड ७० लाख रुपैयाँ प्रवाह गरेको थियो । सिद्धार्थ बैंकले ६ महिनामा बैंकले सेयर धितो कर्जा प्रवाह १ अर्ब ४९ करोडले घटाएको छ ।

कृषि विकास बैङ्क

कृषि विकास बैंकले चालू आर्थिक वर्षको जेठ महिनासम्म १ अर्ब ४६ करोड १३ लाख रुपैयाँ मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्रवाह गरेको छ । कृषि विकास बैंकले पहिलो पाँच महिनासम्म १ अर्ब १७ करोड १० लाख रुपैयाँ मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्रवाह गरेको थियो । जुन अहिले ११ महिनासम्म आइपुग्दा करिब २९ करोडले शेयर धितो कर्जा प्रवाह बढेको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ४ अर्ब ६४ करोड १२ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । बैंकले गत मङ्सिरसम्म ३ अर्ब ९२ करोड ४० लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको थियो । बैंकले ६ महिनामा यस्तो कर्जा लगानी ७ करोडले बढाएको छ ।

प्रभु बैंक

प्रभु बैङ्क लिमिटेडले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ३ अर्ब २ करोड ४९ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । बैंकले गत मङ्सिरसम्म ३ अर्ब ५९ करोड ८० लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको थियो । गत मंसिदेखि जेठ मसान्तसम्म आइपुग्दा बैंकले करिब ५७ करोडले यस्तो कर्जा लगानी घटाएको छ ।

सानिमा बैंक

सानिमा बैङ्क लिमिटेडले चालू आर्थिक वर्षको ११ महिनामा १ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो पाँच महिनासम्म शेयर धितो कर्जामा १ अर्ब २५ करोड २० लाख रुपैयाँ लगानी गरेको थियो । बैंकले ६ महिनामा करिब ४२ करोडले यस्तो कर्जामा लगानी बढाएको छ ।

एनएमबी बैंक

एनएमबी बैंकले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म बैंकले शेयर धितो कर्जामा ९० करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ । गत मंसिरसम्म यस बैंकले १ अर्ब ३ करोड ९० लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको थियो । बैंकले मंसरदेखि जेठसम्म आइपुग्दा १३ करोडले शेयर धितो कर्जा लगानी घटाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *