इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा – Nepal Press

इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

हेटौंडा । इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मुख्य प्रशिक्षकको भूमिकाबाट राजीनामा दिएका छ्न् ।

युरो कपमा लगातार दोश्रो पटक फाइनलमा पराजित भएपछि साउथगेटले प्रमुख प्रशिक्षकको पदबाट आफू अलग भएको घोषणा गरेका हुन् ।

गत आइतबार भएको फाइनलमा इङ्ल्यान्ड स्पेन विरुद्ध २–१ ले पराजित भएको थियो भने सन् २०२१ मा इटालीसङ्ग पनि साउथगेटको प्रशिक्षणमा टिम फाइनलमा पराजित भएको थियो ।

२०१६ को विश्वकप पछि इङ्लिस टोलिको प्रमुख प्रशिक्षक भएका साउथगेट इङ्ल्यान्डका पुर्व खेलाडी समेत हुन् । उनले आफ्नो प्रशिक्षण अवधिमा १०२ मध्य ६१ खेलमा टिमलाई जित दिलाएका थिए ।

साउथगेटले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एक गौरवशाली देशवासीको रूपमा, इङ्ल्यान्डका लागि खेल्नु र इङ्ल्यान्डलाई प्रशिक्षण गर्न पाउनु मेरो जीवनको सम्मान हो । यसले मेरो ठूलो अर्थ राखेको छ, र मैले आफ्नो सबै कुरा दिएँ ।’

‘तर यो परिवर्तनको र नयाँ अध्यायको समय हो । आइतबारको बर्लिनमा स्पेन विरुद्धको फाइनल इंग्ल्याण्डको प्रशिक्षक रूपमा मेरो अन्तिम खेल थियो । म सन् २०११ मा इंग्लिश फुटबल सुधारका निम्ति एफएमा आबद्ध भएँ र त्यस समयमा, इङ्ल्यान्डको पुरुष प्रशिक्षकका रूपमा आठ वर्षसम्म मलाई समर्थन गर्ने सबैमा मेरो हृदयदेखि धन्यवाद छ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *