पत्रकारिताको धारमा बहस गरौं : काउन्सिल अध्यक्ष बस्नेत – Nepal Press

पत्रकारिताको धारमा बहस गरौं : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोगसँगै पत्रकारिताको धार परिवर्तन हुनुपर्ने धारणा राखेका छन् ।

अहिले नकारात्मक धार फितलो हुँदै गएको उल्लेख गर्दै उनले सृजनशील, रचनात्मक र समाधानमुखी पत्रकारिता आवश्यक रहेको बताएका छन् ।

‘नेपाली मिडिया जगतमा यसको केही अभ्यास देखिएको पनि छ । पत्रकारितालाई सही बाटो हिँडाउन प्रश्नसँगै समाधानका विकल्पहरूमा समेत बहस थाल्न जरुरी छ, अध्यक्ष बस्नेतले मंगलबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

पछिल्लो समयमा प्रेस काउन्सिल नेपालले मुलुकमा रचनात्मक पत्रकारिताको प्रवर्धनको लागि सक्रियता देखाएको छ । युट्युबसहित सामाजिक सञ्जाल मार्फत चलेका मिडियामाथि समेत कडा निगरानी गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *