कुकुर मारेको निहुँमा छोराले ढुंगाले हानेर गरे बाबुको हत्या – Nepal Press

कुकुर मारेको निहुँमा छोराले ढुंगाले हानेर गरे बाबुको हत्या

रुपन्देही । पूर्वी नवलपरासीको कावासोती नगरपालिका- ५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् । प्रहरीका अनुसार बुधबार बिहान सवा ११ बजे १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेमको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई कुटेर मारेको निहुँमा बाबुछोराको झगडा भएको थियो ।

‘कुकुरलाई कुटेको निहुँमा झगडा हुँदा निराजनले ढुंगाले टाउकोमा हानेको र बुवाको घटनास्थलमै मृत्यु भएको पाइयो’, पौडेलले बताए ।

प्रहरी टोलीले छोरा निराजनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *