महेश बर्तौला सत्तापक्षको मुख्य सचेतक नियुक्त – Nepal Press

महेश बर्तौला सत्तापक्षको मुख्य सचेतक नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न् ।

प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई आज उक्त जिम्मेवारी दिएका हुन् ।

सत्तारुढ दलबाट मुख्य सचेतक नियुक्त हुने गर्छन् । अन्य दलका प्रमुख सचेतकभन्दा सत्ता पक्षका मुख्य सचेतकको वरीयता माथि हुन्छ ।

बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर