धर्मेन्द्र बास्तोलालाई वैद्यको आग्रह- संघर्षको मैदानबाट नभागी महाधिवेशन प्रक्रियामा आउनुस् – Nepal Press

धर्मेन्द्र बास्तोलालाई वैद्यको आग्रह- संघर्षको मैदानबाट नभागी महाधिवेशन प्रक्रियामा आउनुस्

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मोहन वैद्य किरणले धर्मेन्द्र बास्तोलालाई एकता नतोड्न आग्रह गरेका छन् । नेपाल एकता भएको १६ महिनामै बास्तोलाले पार्टी एकता प्रयास असफल भएको घोषणा गरेपछि महाधिवेशनको प्रक्रियामा आउन आग्रह गरेका हुन् ।

विज्ञप्ति जारी गर्दै वैद्यले भनेका छन्, ‘पार्टीको सहसंयोजकको हैसियतमा रहेका क. कञ्चनद्वारा हस्ताक्षरित एकता असफलताबारे विषयको पत्र लेखी हामीबीच १५ महिना अघिको एकता कायम रहन नसक्ने निष्कर्षमा पुग्न हामी बाध्य भएका छौं भनी केन्द्रीय कार्यालयमा बुझाइएको र सार्वजनिक प्रेस वक्तव्यमा एकता प्रकिया असफल भएको घोषणा गर्ने बाध्य भएका छौँ भन्ने विषयप्रति पाटी केन्द्रको गभीर ध्यानाकर्षण भएको छ ।’

उनले महाधिवेशनको प्रकिया सुरु भइसकेको स्थितिमा नयाँ जनवाद र वैज्ञानिक समाजवाद लगायतका विभिन्न विषयहरुमाथिको बहसमा सहभागी हुँदै आवश्यक संश्लेषण गर्दै महाधिवेशन सफल पार्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘आफ्नो मतलाई स्थापित गर्ने विचारधारात्मक संघर्ष गर्नुको साटो मैदानबाट भाग्ने कार्यले क्रान्तिकारी कम्युनिस्ट एकतालाई बाधा र दक्षिणपन्थी संशोधनवादीहरुलाई सहयोग पुग्न जान्छ । त्यसकारण, पार्टी एकताको महत्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्ने कमरेडहरुलाई विशेष आह्वान गर्दछौं ।’

समग्र पार्टी पंक्ति, जवस मोर्चा र आम जनसमुदायलाई गुटवाद तथा फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकतावद्ध बनाइराख्न आग्रह गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर