विद्युत आपूर्ति रोकिँदा चन्द्रागिरी केबलकारमा फसे यात्रु – Nepal Press

विद्युत आपूर्ति रोकिँदा चन्द्रागिरी केबलकारमा फसे यात्रु

काठमाडौं । विद्युत सेवा अवरुद्ध हुँदा काठमाडौं चन्द्रागिरी केबलकारमा यात्रु फसेका छन् । केबलकारका आठ वटा डिब्बामा यात्रु फसेका हुन् ।

केबलकारमा फसेका यात्रुको उद्धार गर्न सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षाकर्मी परिचालन भएका छन् ।

केबलकारमा फसेका यात्रुलाई उद्धार गर्ने तयारी भइरहेको सशस्त्र प्रहरी बलका डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार केबलकारका ८ वटा डिब्बामा यात्रु फसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *