रेलमार्गको नक्सांकनका लागि गएको गाडीमा स्थानीयद्वारा आगजनी (भिडिओ) – Nepal Press

रेलमार्गको नक्सांकनका लागि गएको गाडीमा स्थानीयद्वारा आगजनी (भिडिओ)

चितवन । पूर्वपश्चिम रेलमार्गको नक्सांकनमा लागि पुगेका प्राविधिकको टोली चढेको कारलाई स्थानीयले तोडफोड तथा आगजनी गरेका छन् ।

भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा लिएका थिए । सर्भेका लागि सरकारी अनुमति लिएर आएको भन्दै कन्सल्टेन्सीका प्राविधिकले बताएपनि स्थानीयले मानेका थिएनन् ।

आज वडा नम्बर ७ मा सर्भे गर्दा गर्दै उनीहरूलाई स्थानीयबासीले घेरेका हुन् ।

कारमा रहेका दुईजना प्राविधिकलाई प्रहरीले सुरक्षित स्थानमा लगेको चितवनका डीएसपी भेषराज रिजालले बताए । स्थानीयले लगाएको आगो प्रहरीले निभाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *