पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना
नेपाल प्रेस
२०८१ साउन २ गते १७:३८
काठमाडौं । राप्रपाका संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि विर अस्पतालमा भर्ना भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
प्रारम्भिक परिक्षणबाट टाइफाइड र पिसाबमा इन्फेक्सन देखिएको उनले बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरु अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर