बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा – Nepal Press

बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा

बैतडी । बैतडीका ६ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा बाढीको उच्च जोखिममा छ ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ का अनुसार बैतडीका चार स्थानीय तहमा पहिराको जोखिम मध्यम छभने पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा पहिराको जोखिम सामान्य छ । पहिराको उच्च जोखिममा रहेका स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

यो वर्ष १० हजार घरपरिवार दैवी विपत्तिबाट प्रभावित हुने अनुमान गरिएको छ । विपद्बाट सृजना हुने भौतिक र मानवीय क्षति कम गरी उत्थानशील कार्यलाई सुदृढीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यान्वयन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर