इरानी विदेशमन्त्रीलाई फरिद जकरियाको प्रश्न- ट्रम्पको हत्या योजना बनाउनु भएको हो ?
काठमाडौं । वासिङटन पोस्टका स्तम्भकार तथा सीएनएनका अन्तरवार्ताकार फरिद जकारियाले इरानी विदेशमन्त्रीलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या योजना इरानले बनाएको बारेमा प्रश्न सोधेका छन् ।
सीएनएनमा आगामी आइतबार प्रसारण हुने कार्यक्रम जीपीएसको लागि उनले यस्तो सोधेका हुन् । इरानी विदेशमन्त्री अली बाघेरी कानीले जकारियाको सिधा प्रश्नमा सिधा उत्तर दिएनन् ।
उनले इरानी जर्नेल कासेम सुलेमनीको हत्यारालाई इरान भित्र र इरान बाहिर सबैतिर उपलब्ध कानुनी बाटाहरु हेरेर काम गर्ने जवाफ दिएको सीएनएन अनलाइनले प्रसारण गरेको छ ।
अन्तरवार्ताको पूर्णपाठ नआएकोले इरानी विदेशमन्त्री कानीको कुरा पुरा यहाँ प्रकाशन भएको छैन । हालसालै सीएनएनले अमेरिकी गुप्तचरी प्रतिवेदन भन्दै इरानले डोनाल्ड ट्रम्पको हत्या योजना बनाएको समाचार प्रकाशन गरेको थियो ।