प्रधानमन्त्रीको विश्वासको मत र सदनको क्यालेन्डरबारे सभामुखले गरे प्रमुख सचेतकहरूसँग छलफल
नेपाल प्रेस
२०८१ साउन ३ गते १२:३५
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने विषयमा छलफल गरेका छन्।
आज भएको छलफलमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल भएको एमालेको मुख्य सचेतक महेश बर्तौँलाले बताए।
छलफलमा सदन चलाउने क्यालेण्डरको विषयमा पनि छलफल भएको बताए।
उनले थपे, ‘आजदेखि १५ गतेसम्मको बैठक कुन कुन दिनमा बस्ने, विधेयकहरूमाथि छलफल गर्नको लागि समितिलाई कहिले समय दिने, थप छलफलको लागि भोलि दिउँसो १ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्छ।’
प्रतिक्रिया