अमेरिकी पत्रकार जासुस भएको अकाट्य प्रमाण छ : रुस
काठमाडौं । रुसले थुनेका अमेरिकी अखबार वाल ट्रिट जर्नलका पत्रकार अमेरिकी जासुस भएको अकाट्य प्रमाण भएको रुसले बताएको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार पत्रकार इभान गेस्र्कोभिचले रुसी सैन्य औद्योगिक क्षेत्रको गुप्तचरी सूचना भेला पारेको यथेष्ट प्रमाण भएको रुसी विदेशमन्त्री सेग्री लेभ्रोबले बताएको उल्लेख गरेको छ ।
सन २०२३ मार्चमा पक्राउ परेका थिए अमेरिकी पत्रकार । उनलाई कहिले छुटाउने भनेर रुसी राष्ट्रपति पुटिनको अन्तरवार्ता लिएका अमेरिकी पत्रकार टकर कार्ल्सनले पनि सोधेका थिए ।
जवाफमा पुटिनले वार्ता गर्न सकिने संकेत गरेका थिए ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्ष रुस भएको अवसरमा न्यू योर्क पुगेका रुसी विदेशमन्त्री लेभ्रोबले बुधवारको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।