सरकारमा गएर नराम्रो केही गरेका छैनौँ तर पुराना दलहरूसँग उभिँदा धेरै गाली खायौँ : रवि लामिछाने – Nepal Press

सरकारमा गएर नराम्रो केही गरेका छैनौँ तर पुराना दलहरूसँग उभिँदा धेरै गाली खायौँ : रवि लामिछाने

‘सिंहदरबार छिरेपछि देश कसले चलाएको रहेछन् राम्रोसँग थाहा पाएका छौँ’

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने आफूहरू घण्टी बजाउँदै आएपछि दुई ठूला पार्टीले टु पार्टी सिस्टममा देशलाई लैजान कांग्रेस एमाले मिलेर सरकार बनेको दाबी गरेका छन्।

रास्वपाको नीति मन्थन अन्तरक्रियालाई सम्बोधन गर्दै कांग्रेस एमालेले पहिले भागबन्डा लुकेर गर्ने गरे पनि अब खुल्लमखुल्ला गर्ने टिप्पणी गरे।

सरकारमा गएपछि उनले देश कसले चलाउने रहेछ भन्ने थाहा पाएको जिकिर गरे।

त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै

अहिले दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनेको छ। जसले गर्दा भएन भनेको उनीहरु नै मिलेर सरकार बनाइरहेका छन्। प्रतिपक्ष छैन दुई ठूला दल मिलेपछि।

हाम्रो जस्तो भागबन्डाको राजनीति, नियामक निकायमा नियुक्ति, राजदूत देखि संवैधानिक निकाय सबैतिर भागबन्डा चल्छौँ। तर, यो चाहिँ मुलुकको समस्या समाधान गर्ने गरी मिलेको भए गज्जब हुन्थ्यो।

हामी नयाँ मान्छेहरू आएर घण्टी हामीले बजायौँ तर त्यो घण्टी उहाँको मनमा बजेर जोडिएको भए त्यसले रिजल्ट दिन्थ्यो।
तर, घण्टी बजेर रिजल्ट आएकोजस्तो देखिँदैन।

अहिलेको मन्त्रिमण्डल हेर्नुस्। यताबाट घण्टी बजाउँदै आए उताबाट लौरो ठट्याउँदै आए यिनीहरूलाई आउन दिन हुँदैन, अब मल्टिपार्टी सिस्टम होइन, टु पार्टी सिस्टममा जानुपर्छ हामील जमेर यिनीहरूलाई हटाउनुपर्छ भनेर लागिरहेका छन्।

अब पहिले भागबन्डा लुकेर गर्थे, अब खुल्लमखुल्ला हुन्छ। पुरानाले गरेनन् भनेर हामी धमाका दिनुपर्छ भनेर आएका होइनौँ र ? नराम्रो केही गरिएको होइन तर, अपेक्षा यतिठूलो भयो कि तर सरकारमा चाहिँ किन गएको भनेर गाली खान्छौँ हामी।

पुराना राजनीतिक दलहरूसँग सँगै उभिँदाखेरि गल्ती केही नगरे पनि गाली खानेबाहेक अरू केही भएको रहेनछ। सिंहदरबार कसरी चलाउने भन्ने जान्नको लागि जानु नै थियो। जति गाली खाए पनि सरकारमा जानु नै थियो।

अघिल्लो पटक एक महिना बस्यौँ अहिले चार महिना बसेपछि धेरै कुरा जानेका छौँ। देश कसले चलाएको रहेका भन्ने राम्रोसँग थाहा पाएका छौँ।

चारवटा मन्त्रालय लिएर चारवटा भ्रष्टहरूलाई हामीले जानबाट रोक्यौँ कि भन्ने लागेको छ। सदनमा पनि २१ भ्रष्टलाई रोकेर हामी गयौँ।


प्रतिक्रिया

One thought on “सरकारमा गएर नराम्रो केही गरेका छैनौँ तर पुराना दलहरूसँग उभिँदा धेरै गाली खायौँ : रवि लामिछाने

  1. पुराना दल सँग उभिंदा होइन, तिम्रो कारणले अरु दलले समेत गाली खानु परेको थियो। मुखमा राम राम बगलीमा छुरा, बिधिको शासन भन्ने आफू बिरूद्दको प्रमाण नस्ट गर्ने काम बाहेक अरु काम 🍌🍌🍌

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर