भारत तथा बंगलादेशका ऊर्जामन्त्री साउन १३ मा नेपाल आउँदै, तीन देशबीच विद्युत् व्यापार सम्झौता हुने – Nepal Press

भारत तथा बंगलादेशका ऊर्जामन्त्री साउन १३ मा नेपाल आउँदै, तीन देशबीच विद्युत् व्यापार सम्झौता हुने

काठमाडौं । भारतका संघीय ऊर्जामन्त्री मनोहरलाल खट्टर नेपाल भ्रमणमा आउने भएका छन् । यही साउन १३ मा उनी नेपाल आउन लागेका हुन् ।

मन्त्री खट्टरले नेपाल–भारत–बंगलादेशको त्रिदेशीय बिजुली व्यापार सम्झौतामा सहभागिता जनाउने बताइएको छ ।

नेपालमा भारतीय ऊर्जा मन्त्रीका अतिरिक्त बंगलादेशी ऊर्जामन्त्री पनि आउने कार्यक्रम तय भएको छ ।

साउन १३ मै बंगलादेशका ऊर्जामन्त्री नस्रुल हमिद पनि नेपाल आउने भएका छन् ।

त्रिदेशीय बिजुली व्यापारलाई अन्तिम औपचारिक रूपमा दिन भारत र बंगलादेशका ऊर्जामन्त्रीहरू नेपाल आउन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *