मौद्रिक नीतिको तयारी तीव्र, कहिले हुन्छ सार्वजनिक ? – Nepal Press

मौद्रिक नीतिको तयारी तीव्र, कहिले हुन्छ सार्वजनिक ?

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकले तीव्ररूपमा गृहकार्य थालेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीचको ‘ट्यूनिङ’ का कारण अर्थतन्त्र सुधारमा सहयोग पुग्ने गरी मौद्रिक नीति आउने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकका सूचना अधिकारी डिल्लिराम पोखरेलले अहिले मौद्रिक नीति व्यवस्थापनाको बैठक बसिरहेको बताए ।

उनले भने, ‘अहिले व्यवस्थापनाको बैठक बसिरहेको छ । त्यसपछि नेपाल राष्ट्र बैंकको सञ्चालनक समितिले पनि मौद्रिक नीति पास गर्नुपर्‍यो । त्यसपछि मात्रै सार्वजनिक हुने हो । सम्भवत: भोलि आउला नत्र केही दिन लाग्न सक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *