देव गुरुङको जिकिर- बीआरआई परियोजनामा हस्ताक्षर हुन लागेपछि सरकार परिवर्तन गरियाे
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बीआरआई परियोजनाको प्रक्रिया अगाडि बढेपछि प्रचण्ड नेतृत्वको सरकार ढालेको जिकिर गरेका छन् ।
काठमाडौंमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा बोल्दै बीआरआईको सन्दर्भमा सबै दलहरू र राज्यका अंगहरूको सहमति जुटाएर सम्झौता गर्ने तयार भइरहेको बेलामा सरकार परिवर्तन भएको जिकिर गरे ।
उनले भने, ‘दलहरुबीच सहमति नभए केही समय पर्खिने भन्ने कुराले गर्दा ढिला हुँदै आइरहेको थियो । पछिल्लो समयमा दुई पक्षीय वार्ता भएर जब हस्ताक्षर गर्नुपर्ने, प्रक्रिया अगाडि बढ्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरू भयो । हस्ताक्षरको चरणमा पुगेपछि सरकार परिवर्तन भएको छ । सरकार परिवर्तन हुनुको अघिल्लो दिन लोनसहितको बीआरआई लिन हुँदैन भनेर वक्तव्य सार्वजनिक गरिएको छ । त्यसले के देखाउँछ भने सरकार परिवर्तन हुनुको एउटा फ्याक्ट बीआरआई रहेको कुरा प्रष्ट छ ।’
उनले राजनीतिक दलहरुबीच सहमति जुटाएर बीआरआई परियोजनालाई अगाडि बढाउँनुपर्ने पक्षमा रहेको बताए ।
दिल्लीको टट्टुले विआरआई मा सही गर्न लागेको भनेर कसैले पत्याउला ? यो जस्तो पिंध नभएको लोटा अरू छैनन फेरि । सन्दर्भ एमसिसी ।