मधेश सरकारमा लोसपा पनि सहभागी, रानी शर्मा शिक्षामन्त्री नियुक्त – Nepal Press

मधेश सरकारमा लोसपा पनि सहभागी, रानी शर्मा शिक्षामन्त्री नियुक्त

जनकपुरधाम । मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि एक मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।

लोसपाकी सांसद रानी शर्मा तिवारी शिक्षा तथा संस्कृती मन्त्रालय नियुक्त भएकी छन् । नेपाली कांग्रेसका चार मन्त्रीसंगै उनी पनि शपथग्रहण गर्ने बुझिएको छ ।

यसअघि एमालेका राजकुमार लेखी शिक्षा तथा संस्कृती मन्त्री थिए । रानी शर्मालाई शिक्षा तथा संस्कृती मन्त्रालय दिएर लेखीलाई गृह तथा संचारमन्त्री तोकिएको छ ।

यस्तै जनमत पार्टीबाट विना विभागीय मन्त्री नियुक्त भएका सकिल मिञालाई उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर