लुम्बिनी प्रदेश सभा बैठक आइतबार बोलाइयो, नयाँ सरकारबारे दलहरु छलफलमै
रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक आइतबार बस्ने भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको २४ औँ बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश सरकार अल्पमतमा परेपछि स्थगित भएको संसद आइबार बोलाइएको हो । मुख्यमन्त्री जोखबहादुर महराले अल्पमतमा परेपछि विश्वासको मत लिने वा राजीनामा दिने कुनै आधिकारिक निर्णय गरेका छैनन् । उनी निकट नेताहरुले नयाँ गठबन्धनबाट कुन दलले नेतृत्व लिने निश्चित भएपछि उनले राजीनामा दिने योजना बनाएका छन् ।
बिहीबारसम्म पनि कुनै औपचारिक निचोड नआएको उनको सचिवालयले जनाएको छ । आइतबार सदन चल्ने भएकाले पनि त्यो समय अगावै महराले कुनै निर्णय लिनसक्ने योजना बनाएका छन् ।
प्रदेशमा एमालेकांग्रेस गठबन्धनको स्पष्ट बहुमत छ ।