संसद भवन निर्माण सुस्तप्रति सभामुख असन्तुष्ट, मन्त्रीसहितलाई छलफलमा बोलावट – Nepal Press

संसद भवन निर्माण सुस्तप्रति सभामुख असन्तुष्ट, मन्त्रीसहितलाई छलफलमा बोलावट

काठमाडौं । संसद भवनको निर्माण गति सुस्त भएकोप्रति सभामुख देवराज घिमिरेले असन्तुष्टि जनाएका छन् । बुधबार साँझ पाँचौंपटक निर्माणाधिन भवनको आकस्मिक निरीक्षणमा पुग्दा कोही कामदार नभेटिएको सचिवालयले जनाएको छ ।

यसअघि ३ सिफ्टमा काम गर्ने भनिए पनि डेढ वर्षसम्म एक सिफ्टमा मात्र कामदार परिचालन भएको पाइएको बताइएको छ । सम्बन्धित निकायले ८२ प्रतिशत काम सकिएको भनेपनि संरचना हेर्दा त्यो पुष्टि हुन नसकेको भन्दै सभामुखले चासो राखेको प्रेस विज्ञ शेखर अधिकारीले बताए ।

भवनको निर्माणमा भइरहेको ढिलाइबारे छलफलका लागि सभामुखले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका अधिकारीलाई बोलाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *