१५ औँ महाधिवेशन तोकिएकै समयमा हुनेमा शेखरको आशंका – Nepal Press

१५ औँ महाधिवेशन तोकिएकै समयमा हुनेमा शेखरको आशंका

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विभिन्न जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्। नेता कोइरालाले काठमाडौं महानगरका सभापति नीलकाजी शाक्यसहित विभिन्न जिल्ला सभापतिसँग छलफल गरेका हुन्।

छलफलमा ललितपुरका सुवानन्द धाख्वा, भरतपुरका चित्रसेन अधिकारी, विराटनगरका दीपक चापागाईँ र वीरगञ्जका मनिन्द्र नेपालीसँग कोइरालाले छलफल गरेको कोइराला सचिवालयले जनाएको छ।

नेता कोइरालाले जिल्ला सभापतिहरूसँगको छलफलमा १५ औँ महाधिवेशन समयै हुनेमा आशंका व्यक्त गरेका छन्। ०७८ मंसिरमा १४ औँ महाधिवेशन गरेको कांग्रेसले ०८२ भित्र महाधिवेशन गरिसक्नु पर्नेछ।

उनले पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका पदाधिकारीहरूको कार्यशैलीले विधान अनुसार तोकिएको समयमा महाधिवेशन शंका व्यक्त गरेका हुन्। १४ औँ महाधिवेशनमा देउवासँग पराजित भएका कोइराला १५ महाधिवेशनमा पनि उठ्ने तयारी गरिरहेका छन्।

तर, इतर पक्षबाटै महामन्त्री गगन थापाले पनि सभापतिको तयारी थालेपछि कोइराला पछिल्लो समय देउवासँगको सम्बन्ध सन्तुलन बनाउँदै अघि बढेको पनि बताइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर