अमेरिकी अखबार लेख्छ- बाइडेनले चुनाव छोड्नुपर्ने पक्षमा छन् ओबामा
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने चुनावमा ट्रम्पसँग हार्ने भएकोले चुनाव छोड्नुपर्ने बताएका छन् ।
ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेका बाइडेनलले चुनाव हार्ने कुरा ओबामाले नीजि कुराहरूमा गरेको बताइएको छ ।उनले बाइडेनले राष्ट्रपतीय चुनावी दौड गम्भीर भएर छोड्नुपर्ने बताएका हुन् ।
बाइडेनले चुनाव छोड्ने मुद्दामा डेमोक्रेटिक दलहरूमा जोडतोडले प्रयास भइरहँदा ओबामा भने त्यो समूहमा सक्रिय रूपमा नभएको बताइन्छ । तर जो बाइडेनले चुनावमा लाग्न नहुने उनको तर्क छ ।
यो समाचार रुसी विश्व च्यानल आरटीले प्राथमिकताकासाथ प्रकाशन गरेको छ ।
अमेरिकी सदनकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि नीजि कुराकानीमा बाइडेनले चुनाव हार्ने बताएको सीएनएनले यस अगाडी नै समाचार बनाइसकेको छ ।