न्यूरोडको फुटपाथ विस्तारका लागि सहमति प्रयास हुँदै, नगर प्रहरी र स्थानीयबीच धकेलाधकेल (भिडिओ) – Nepal Press

न्यूरोडको फुटपाथ विस्तारका लागि सहमति प्रयास हुँदै, नगर प्रहरी र स्थानीयबीच धकेलाधकेल (भिडिओ)

काठमाडौं । फुटपाथ विस्तारको विरोध गर्दै आन्दोलित स्थानीयसँग काठमाडौं महानगरपालिकाले सहमति गर्ने प्रयास गरिरहेको छ । न्यूरोडमा सुरु गरेको फुटपाथ विस्तारको काममा असन्तुष्टि जनाउँदै विरोध गरिरहेको स्थानीयहरुसँग महानगरले छलफल गरिरहेको छ ।

स्थानीयसँग सहमति गराउने प्रयास भइरहेको महानगरपालिकाका सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख सुरज शाक्यले बताए । महानगरप्रहरी बलका प्रमुख राजु पाण्डेको नेतृत्वमा काठमाडौं महानगरपालिकाको प्रवक्ता नविन मानन्धर, २२ नम्बर वडाका वडाध्यक्ष र मेयरको सचिवालयसहित स्थानीय अगुवाहरुसँग छलफल गरिरहेको छ ।

छलफलबाट सहमति निकाल्ने प्रयास भइरहेको उनले बताए । वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन भने सडकमा आन्दोलित छन् । बिहानैदेखि न्यूरोडमा स्थानीय र व्यापारीहरुले महानगरले सुरु गरेको फुटपाथ विस्तारको विरोध गरेका थिए ।

उच्च अदालतले फुटपाथ विस्तारको लागि बाटो खोलिदिएपछि महानगरले बुधबारदेखि काम सुरु गरेको थियो । महानगरका कर्मचारी र स्थानीय अगुवाबीच वार्ता भइरहँदा सडकमा नगरप्रहरी र स्थानीयको घम्साघम्सी परेको छ । ठूलो मात्रमा नगरप्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ भने स्थानीय र व्यापारीहरु पनि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर