एमालेले प्रधानमन्त्री ओलीलाई बुझाएको सुझावमा के छ ? (पूर्णपाठ) – Nepal Press

एमालेले प्रधानमन्त्री ओलीलाई बुझाएको सुझावमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्राथमिकता दिनुपर्ने विषयसँग सम्बन्धित सुझावपत्र बुझाएको छ।

एमालेको तर्फबाट महासचिव शंकर पोखरेल अध्यक्ष नेतृत्वको सरकारलाई सुझाव पत्र बुझाएका हुन्।

पार्टीका २७ वटा विभागले दिएका सुझावलाई समेटेर उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा सुझाव पत्र तयार पारिएको हो।

आगामी तीन वर्षभित्रमा गर्न सकिने बढीमा १० वटा ठोस कार्यक्रम, यसै वर्षको बजेटको दायराभित्र सञ्चालन गर्न सकिने कार्यक्रमहरू, सम्बन्धित मन्त्रालयमा गर्नु पर्ने नीतिगत र कानुनी सुधारहरू, हाल संसदमा विचाराधीन सम्बद्ध मन्त्रालयसँग सम्बन्धित विधेयकको अवस्था र त्यस सम्बन्धी दृष्टिकोण, निर्वाचन घोषणापत्र २०७९ मा त्यस क्षेत्रसँग सम्बन्धित पार्टीका मुख्य प्रतिबद्धताहरू सुझावमा उल्लेख रहेको ज्ञवालीले बताए।

मन्त्रालयबाट हुने सेवा प्रवाह र विकास निर्माणमा देखा परेका मुख्य अवरोध र समाधानका उपाय तथा महिला, युवा, सहरी जनमत, प्रवासी नेपाली र भूमिहीन लगायतलाई आकर्षित गर्न सकिने नयाँ र सृजनशील कार्यक्रम लगायत विषय सुझावमा समेटिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर