‘कांग्रेस-एमाले जनताको अधिकारप्रति अनुदार पार्टी हुन्, निरङ्कुश बन्न खोन्दैछन्’ – Nepal Press

‘कांग्रेस-एमाले जनताको अधिकारप्रति अनुदार पार्टी हुन्, निरङ्कुश बन्न खोन्दैछन्’

वर्षमान पुनको प्रश्न- क्याबिनेटको निर्णय २४ घण्टा लुकाउनुपर्ने कारण के छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेस एमाले निरङ्कुश बन्न खोजेको आरोप लगाएका छन् ।

माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलको बैठकपछि कुरा गर्दै ठूला भनिएको दुवै दल जनताप्रति अनुदार बनेको जिकिर गरे ।

त्यसबारे उनको भनाइ जस्ताको त्यस्तो

उहाँहरूले सात बुँदे सहमति गरेको भन्नुभएको छ। अहिलेसम्म बाहिर ल्याउनुभएको छैन। हामीले सहमति गरेर त्यही दिन सार्वजनिक गरेको इतिहास छन्। छलफल गोप्य हुन्छन्, सहमति सार्वजनिक हुन्छन्।

उहाँहरूले साना दलहरूलाई पनि समेटेर आवाजलाई कमजोर पारेर निरंकुशतातिर लैजान खोज्दै हुनुहुन्छ। साना र मध्यम दलहरूलाई कमजोर पार्नुपर्छ भनेर लाग्नुभएको देखिन्छ। विगतमा संविधानमा तीन प्रतिशत थ्रेसहोल् राखिएको थियो। तर, अब बढाएर १० प्रतिशत पुर्‍याउने भनिएको छ। सधैँ सबैको जनमत यही रहँदैन। त्यसको सिकार भोलि उहाँहरू पनि बन्न सक्नुहुन्छ।

मन्त्रीपरिषद्को बैठक लाइभ गर्नुपर्ने अवस्थामा निर्णय लुकाउनुपर्ने आवश्यकता के छ। जनतासँग लुकाउनुपर्ने के छ ? लाइभ क्याबिनेट बसेर के बिग्रिन्छ ?

केही गम्भीर राष्ट्रिय विषय बाहेक जनतालाई अरू के लुकाउनुपर्छ। निर्णय गरेको कुरा पनि २४ घण्टा लुकाउने भनेपछि कहीँ न कहीँ उहाँहरू लुकिछिपी काम गर्न खोज्नुभएको भन्ने देखाउँछ।

त्यसैले हामी जनतालाई भन्छौँ, अहिले नै आत्तिनुपर्दैन। विगतलाई उहाँलाई हेरेकै पार्टी हो। पुराना, परम्परागत जनताले हेरेकै पार्टी हो। उहाँहरू जनताको अधिकारप्रति अनुदार नै हो। जनता र आन्दोलनको दबाबले बीचमा केही सुधार हुँदै आएको हो।

संविधान संशोधन के मा गर्ने त्यो विषय त होला नि। संघीयता र समावेशिताको विषयमा संविधान कार्यान्वयन गर्ने त्यसपछि समीक्षा होला नि कार्यान्वयन नै गरेको छैन।

प्रदेशलाई अधिकार दिएको छैन। प्रहरी समायोजनको काम भएको छैन। निजामती ऐन बनाएको छैन। धेरै काम बाँकी छ। तर, साना र मध्यम दलले दुख दिए भनेर संशोधन गर्ने भनेको त निरंकुशता तिरै जान खोजेको हो भन्ने देखिन्छ।


प्रतिक्रिया

One thought on “‘कांग्रेस-एमाले जनताको अधिकारप्रति अनुदार पार्टी हुन्, निरङ्कुश बन्न खोन्दैछन्’

  1. सत्ताबाट हटनुपर्दा बरबराउनथाले कमरेड ।कतिजनासँग कतिको डिल भाकोथ्यो होला । सबै चकनाचुर भयो । पिर त पर्ने नै भयो । सिन्धुलीतिरको दाहाल थरको एउटा दिल्लीको दलाल पनि कराउँदैथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर