शैक्षिक गुणस्तरदेखि नतिजामा अब्बल जेभियर इन्टरनेशनल कलेज, यी विशेषताले बढाउँदैछ विद्यार्थीको क्रेज (भिडिओ) – Nepal Press

शैक्षिक गुणस्तरदेखि नतिजामा अब्बल जेभियर इन्टरनेशनल कलेज, यी विशेषताले बढाउँदैछ विद्यार्थीको क्रेज (भिडिओ)

काठमाडौं । माध्यमिक तह शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै विद्यार्थी तथा अभिभावकहरूले गुणस्तरीय शैक्षिक थलोको खोजिरहेका हुन्छन् ।

काठमाडौंको कालो पुलमा अवस्थित जेभियर इन्टरनेशनल कलेज अभिभावकहरुको उत्तम विकल्प बन्न सक्छ । करिब २५ वर्षको अनुभव बोकेको उक्त कलेजको शिक्षाको गुणस्तर, शैक्षिक शुल्क, छात्र वृत्तिको प्रावधान, विगतका उपलब्धिलगायत सूचकलाई हेर्दा विद्यार्थीको रुचिको विषयमा रोज्न सकिने विकल्पमा पर्छ ।

सायद त्यही कारणले पनि होला जेभियर इन्टरनेशनल कलेज प्रागंणमा प्लस टुको नयाँ भर्ना गर्न विद्यार्थीहरूको भीड लागेको देखिन्छ । प्रत्येक वर्ष औसत ९८ प्रतिशत देखि ९९ प्रतिशतसम्मको, नतिजा ल्याउन सफल जेभियर इन्टरनेशनल कलेजमा अहिलेसम्म ७५ प्रतिशत विद्यार्थीको भर्ना सम्पन्न भइसकेको छ । बाँकी २५ प्रतिशत मात्रै विद्यार्थी भर्ना बाँकी रहेको कलेजको भनाइ छ ।

कलेजले ‘लेभल अफ विथ जेभियर इन्टरनेशनल कजेल’ भन्ने नाराका साथ ‘प्लस टु’ का लागि भर्ना खुलाएको छ । ‘लेभल अफ विथ जेभियर’ को नाराको अर्थ विद्यार्थीहरूले आफ्नो जीवनशैलीको स्तर, सिपको स्तर, शिक्षाको स्तर र नतिजाको स्तरलाई माथि लग्ने रहेको जेभियर इन्टरनेशनल कलेजका सिईओ गोपाल भण्डारी बत्ताउँछन् ।

उनका अनुसार विद्यार्थीहरूले आफ्नो जीवनशैलीदेखि शैक्षिक स्तरसम्मको सुधार जेभियरमार्फत गराउने उद्देश्य बोकेको छ । जहाँ विद्यार्थीहरूले सबै खालको वातावरण पाउँछन् ।

सिईओ भण्डारी भन्छन्, ‘जेभियर इन्टरनेशनल कलेज अहिले प्लस टु को भर्नाको क्रममा रहेको छ । जेभियरले ‘लेभल अफ विथ जेभियर’ को मुख्य नारा लिएर अगाडि बढ्दै छौँ । यसको मतलब लेभल अफ योर लाइफ स्टाइल, लेभल अफ योर स्किल्स, लेभल अफ योर स्टडीज र लेभल अफ योर ग्रेड्स हो । मुख्य हामीले दुई कुरालाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । पहिलो एकेडेमीक पार्ट र अर्को ह्यापीनेसको पार्ट ।’

शैक्षिक संस्थाहरूबिच भइरहेको प्रतिस्पर्धामा जेभियर इन्टरनेशनल कलेजले भने आफ्नो प्रतिस्पर्धी आफैंलाई मानेको छ । जेभियरले हरेक समयमा आफ्ना विद्यार्थीहरूलाई कसरी सबैभन्दा उत्कृष्ट शिक्षा दिन सकिन्छ त्यसमा प्रतिस्पर्धा गरिरहेको छ ।

जेभियरले आफैसँग प्रतिस्पर्धा गिरहेको जेभियर इन्टरनेशनल कलेजका सिईओ भण्डारी बत्ताउँछन् ।

भण्डारी भन्छन्, ‘हाम्रो प्रतिस्पर्धा हामीसँगै हो । हामी अरूसँग प्रतिस्पर्धा गरिरहेकै छैनौँ । हामीले लिने लक्ष्य, जहाँ विद्यार्थीहरूलाई कसरी सेवा दिइरहेका छौँ रु कसरी शिक्षा प्रदान गरिरहेका छौँ । गत वर्षभन्दा झन् बढी प्रभावशाली र नतिजामूलक बन्न सकिन्छ रु र गत वर्षभन्दा अपग्रेड कति हुन सक्छौँ भन्ने कुरामा प्रतिस्पर्धा आफ्नै छ ।’

विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिने जेभियर कलेजको वातावरणमा विद्यार्थीहरू सजिलै घुलमिल हुन सक्छन् । विद्यार्थीको जीवनसंग जोडिएको सुरक्षा विषयलाई विशेष प्राथमित्ता दिएर जेभियरले नियामकको भूमिकालाई निर्वाह गर्दौ स्वतन्त्रता प्रदान गरेको छ ।

जेभियर इन्टरनेशनल कलेजसँग १५ वटा सीप विकास सम्बन्धी क्लबहरु नै रहेका छन् । यसका साथै जेभियरले पेड इन्टनसिप पनि गराउँदै आएको छ । जसले गर्दा विद्यार्थीहरूले आफ्नो पढाई बाहेक पनि समाजसङ घुलमिल हुन, नेतृत्व विकासका कुरा लगायत बाहिरी पक्षहरू सिक्न पाउँछन् ।

जेभियरले विद्यार्थीहरूका लागि ‘स्टुडेन्ट सेन्टर’ स्थापना गरेको छ । उक्त सेन्टले विद्यार्थीका सम्पूर्ण समस्याहरूलाई सुन्ने काम गर्दछ । जसबाट विद्यार्थीहरूलाई पर्ने पढाइमा समस्यादेखि हिंसासम्मका सबै समस्याहरूलाई सम्बोधन गर्ने गरिन्छ ।

जेभियर इन्टरनेशनल कलेजले ‘प्लस टु’ का लागि म्यानेजमेन्ट, साइन्स, ह्युमानेटिज र ल सङ्कायमा पठनपाठन गराउँदै आएको छ । कलेजका अनुसार म्यानेजमेन्टका लागि ६०० सिटको भर्ना कोटा रहेको छ ।

त्यस्तै, साइन्सतर्फ ९०० सिट, मानविकीतर्फ ४५ र ‘ल’ का लागि ४५ सिट गरी कुल १५९० विद्यार्थीका लागि भर्ना खुलाएको छ । अहिलेसम्म ७५ प्रतिशत विद्यार्थी भर्ना भइसकेका छन् । भने, २५ प्रतिशत विद्यार्थी मात्रै भर्ना हुन बाकी रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर