एमाले-कांग्रेसको अग्निपरीक्षा
विगतका गल्ती र प्रायश्चित्त
आफूलाई अद्वितीय ठान्ने एक हात्ती आफ्नै सुरमा लम्किरहेको थियो । बाटोमा उसले अजिङ्गर पल्टिरहेको देख्यो । अजिङ्गरले पनि हात्ती आफूतिर आइरहेको चाल पायो । अजिङ्गरले हात्तीका लागि बाटो खाली गरिदिन जरुरी ठानेन । हात्तीले पनि आफ्नो खुट्टो अजिङ्गरको टाउकोभन्दा वर वा परतिर राख्न आवश्यक देखेन । जब उन्मत्त हात्तीले घमण्डी अजिङगरको टाउकोमा टेक्यो, तब अजिङ्गरको टाउको कच्याककुचुक भयो । प्राण छोड्नुअघि अजिङ्गरको अन्तिम चेतले आफ्नो शरीरको शेष भागलाई हात्तीका अघिल्ला दुई खुट्टालाई लपेट्न निर्देश ग¥यो । अजिङ्गर तत्काल मर्यो । हलचल गर्न नपाएपछि हात्ती पनि केही दिनपछि मर्नै आँटेको थियो । त्यहाँ एउटा शिकारी आइपुग्यो । वाण तन्काएको धनुष नजिकै राखेर शिकारी हतपत गरेर हात्तीका दाँत फुकाल्न थाल्यो । त्यही बेला हात्तीले प्राण त्याग्यो । हात्तीको मुखमा शिकारीको हात च्यापियो । कसै गरे पनि हात्तीको मुखबाट शिकारीले आफ्नो हात झिक्न सकेन । केही दिनको छटपटीपछि निरञ्जन वनमा शिकारीको मृत्यु भयो ।
एउटा छट्टु स्याल टुप्लुक्कै त्यही आइपुग्यो । विनामेहनत आहारको ओइरो लागेको देखेपछि ऊ खुशीले पागल भयो । उसलाई पहिला कसलाई खाउँ र कहाँबाट सुरु गरूँ भयो । उसले नजिकै तम्तयारी अवस्थामा उभ्याइएको धनुष देख्यो । यो के रहेछ ठानेर उसले धनुष चलायो । धनुषबाट वाण छट्कियो । छट्किएको वाणले स्यालको छात्ती भेदन गर्यो । स्यालको पनि इहलीला समाप्त भयो ।
केही वर्षपछि एक जना ऋषिले यो सब देखे । हात्ती, अजिङ्गर, मानिस र स्यालका कंकालहरू एकै ठाउँमा थुप्रिएको अनौठो दृश्यले उनलाई शोचमग्न बनायो । यस्तो कसरी हुन गयो, उनी आश्चर्यमा परे । गहिरो खोज, अनुसन्धान र चिन्तनमननपछि उनी एक निष्कर्षमा पुगे । आफ्नो शोधको निचोड निकाल्दै उनले यो श्लोक रचे –
‘सर्प भैया गर्व पड्या, हात्ती भैया मुरठ्याइँ
मनुष्य भैयालोभ पड्या, स्याल भैया चतुर्याइँ ।’
एमाले र कांग्रेसको चुनावी टक्कर र त्यस दौरानमा देखिएको विजयोन्माद, त्यसको सहोत्पादनको रुपमा साना दलको उदय, माओवादीको उदय र प्रलय, नयाँ शक्तिका रुपमा पहिचानवादी र सुशासनको मुद्दा उछाल्ने जसपा, लोसपा, रास्वपा र नाउपालगायतका पार्टीहरूको आरोहअवरोहको चक्रमा उनिएको नेपाली राजनीतिलाई लक्षित गरेर यो कथा लेखिएको थिएन, तर भएको छ त्यस्तै । एकातिर सामन्ती शोषण, सामन्ती राज्य व्यवस्था, भूराजनीतिक दाउपेचहरू, नेपालले निरन्तर भोग्दै आएको बलशाली बाह्य हस्तक्षेप, प्रतिकूल विश्व व्यवस्था र अर्काेतिर कमजोर लोकतन्त्र, सुदृढ भैनसकेको लोकतान्त्रिक व्यवस्था, नतंग्रिएको अर्थ व्यवस्था, सबल भैनसकेको लोकतान्त्रिक चेत जस्ता धरातलीय यर्थातका यावत् पाटाहरूलाई बेवास्ता गरी जनआन्दोलनकारी शक्तिहरूबीचको कडा चुनावी टक्कर र कतिपय हदमा त शत्रुतापूर्ण कामकारबाहीले गर्दा नेपालको शिशु लोकतन्त्रले पाउनुपर्ने पोषण पाएन ।
मनमोहन अधिकारी नेतृत्वको जनमुखी र जनप्रिय नौ महिने शासनकाललाई अपवादमा राख्ने हो भने एमाले पनि वास्तविक औकातमा उत्रिन सकेन । २०५० सालमा जननेता मदन भण्डारीको अवशानपछि र २०७० सालमा केपी शर्मा ओलीको आगमनअघि बीचको एमालेका महत्वपूर्ण दुई दशक माधव, झलनाथ, सीपी र वामदेव मार्काका कुण्ठाग्रस्त नेताहरूको कष्टसाध्य बोझका कारण राजनीतिक बेरुजुमा पर्न गयो ।
२०४८ सालमा उर्लिएको उन्मादले नेपाली कांग्रेसलाई नयाँ नेपालको मियो र महानायकीय भूमिकाको कर्तव्यबोध गर्नबाट विमुख पारिदियो । मनमोहन अधिकारी नेतृत्वको जनमुखी र जनप्रिय नौ महिने शासनकाललाई अपवादमा राख्ने हो भने एमाले पनि वास्तविक औकातमा उत्रिन सकेन । २०५० सालमा जननेता मदन भण्डारीको अवशानपछि र २०७० सालमा केपी शर्मा ओलीको आगमनअघि बीचको एमालेका महत्वपूर्ण दुई दशक माधव, झलनाथ, सीपी र वामदेव मार्काका कुण्ठाग्रस्त नेताहरूको कष्टसाध्य बोझका कारण राजनीतिक बेरुजुमा पर्न गयो । २०५४ सालमा वामदेव-सीपी ब्राण्डको भूकम्पको सामना गर्नुपरेको एमालेले नै २४ वर्षपछि २०७८ सालमा माधव-झलनाथ ब्राण्डको भूइचालो भोग्नुपर्यो । एमाले-कांग्रेसका सुरुवाती गल्तीको पराकम्पनले छवि र वाबुराम लालजोडी र रवि र ढाकाराम जालजोडीको अवाञ्छित र अप्रत्याशित भोगाइ नेपाली राजनीतिको नियति बन्न पुग्यो ।
मातृभूमिको जीर्णोद्धार
दुई ठूला दलको सहकार्यले मात्र मातृभूमिको जीर्णोद्धार गर्न सक्थ्यो । यसप्रति सचेत र सजग भएर २०४७ सालमै एमालेले कांग्रेससँग चुनावमा दुबै पार्टीका वरिष्ठ नेताहरूको सदनमा उपस्थिति सहज र सुनिश्चत होस् भनेर कम्तीमा दशदश वटा निर्वाचन क्षेत्रमा तालमेलको प्रस्ताव गरेको थियो । जननेता मदन भण्डारीले २०४७ साल बैशाख २ गते काठमाडौं इटुंबहाल आमसभामा अहिले एमाले र कांग्रेसले आवश्यक महसुस गरेको सहकार्यको महत्व र अपरिहार्यतामाथि यसरी प्रकाश पार्नु भएको छ— ‘बर्बाद भएको यो मुलुकमा हामीले सुरुमा के ठानेका थियौं भने वास्तवमा यो मुलुकले प्रजातान्त्रिक आन्दोलनका दुइटा ठूल्ठूला शक्ति- वामपन्थी र नेपाली कांग्रेस, उनीहरूको बीचको पूर्ण र पूर्ण ऊर्जाको साथ प्रतिस्पर्धा, अहिले यो मुलुकले सायद धान्न सक्दैन कि ? अहिले त्यस ढंगले प्रतिद्वन्द्विता गर्नु, सायद यो मुलुकले थाम्न नसक्ने स्थिति हुन्छ कि ? हामीले यस्तो कुरा सोचेका थियौं । यसलाई प्रतीकका रुपमा यसो भनूँ, घर यस्तो जीर्ण भैसकेको थियो, जसका किल्ला-काँटाहरू सारा खिया परिसकेका थिए र छुट्न लागेका थिए, जसका कब्जाहरू उक्किसकेका थिए, चर्किसकेका थिए । यस्तो चर्केको घरमा यदि दुइटा ठूल्ठूला पहलमानहरूले तलामा कुस्ती गर्ने हो भने यो घरले थाम्न सक्तैन । त्यसो हुँदाखेरी हामी कमसेकम एक-दुई चुनावसम्म यसो गरौं कि हामी केही खम्बाहरू थपौं, हामी केही नयाँ कब्जाहरू लगाऔं, हामी जीर्णोद्धार गरौं यो भवनको, यो मुलुकको हामी केही जीर्णोद्धार गरौं । त्यसपछि हामी मज्जासँग प्रतिद्वन्द्विता गरौंला ।’
राजतन्त्रमात्र होइन एमाले र कांग्रेस पनि सकाउने अति महत्वाकांक्षा थियो प्रचण्डसँग । २०६५ सालपछिका केही वर्षमा प्रचण्डलाई यसो गर्न उकास्ने गाजले र चञ्चले विभीषणहरू एमाले-कांग्रेस दुबैतिर थिए । सुरुमा एमाले सकाउने, एमालेको संगठन र जनमत कुम्ल्याएर त्यसैको बलमा कांग्रेस पनि सकाउने र लोकतन्त्रलाई बजे बजाउने नत्र चपाउने अन्त्यहीन धोको थियो प्रचण्डको ।
धेरै तीता नमीठा भोगाइ र सास्तीपछि एमाले र कांग्रेसको सहकार्यको हात कसिलो हुँदैछ । अहिलेको सत्ता साझेदारीको सहमति र नेपाल निर्माणको संकल्प मातृभूमि नेपालले धेरै समयपछि पाएको नयाँ राहत र रक्तसञ्चार हो ।
प्रचण्डको चलाकी र हरिबजोग
राजतन्त्रमात्र होइन एमाले र कांग्रेस पनि सकाउने अति महत्वाकांक्षा थियो प्रचण्डसँग । २०६५ सालपछिका केही वर्षमा प्रचण्डलाई यसो गर्न उकास्ने गाजले र चञ्चले विभीषणहरू एमाले-कांग्रेस दुबैतिर थिए । सुरुमा एमाले सकाउने, एमालेको संगठन र जनमत कुम्ल्याएर त्यसैको बलमा कांग्रेस पनि सकाउने र लोकतन्त्रलाई बजे बजाउने नत्र चपाउने अन्त्यहीन धोको थियो प्रचण्डको । यो त भयो अलि घुमाउरो दाउपेच । कुलबहादुर खड्कालाई हात लिएर सेना कब्जा हान्ने, राष्ट्रिय सेनाको आड्मा आधुनिक कोतपर्व रचेर शत्रु शून्य हुने सटिक प्रपञ्च रचिएको थियो, जुन कोइराला, केपी र कटवाल त्रिकोणको हिम्मतले गर्दा तुहेर गयो । दुबै रणनीतिमा पट्टा लागेपछि प्रचण्ड दाउपेचले दुई ठूला दलको असावधानीमा खेलेर हिट एण्ड रन सिद्धान्तको स्वरुप लियो । कोइराला र कांग्रेसलाई हिर्काउन ओलीलाई प्रधानमन्त्री, ओलीलाई छुरी धस्न देउवालाई प्रधानमन्त्री, २०७४ सालको स्थानीय चुनावमा एमालेको पक्षमा ओली लहर उछालिएपछि कांग्रेसलाई मार हान्न एमालेसँग चुनावी तालमेल, ओलीलाई छुरा धसेर देउवालाई प्रधानमन्त्री, २०७९ सालको चुनावमा कांग्रेसको अक्सिजनको बलमा पाएको ३२ सीट बिर्सिएर बालकोट प्रवेश, एक महिना नपुग्दै एमालेलाई घात, एक वर्ष नबित्दै कांग्रेसलाई लात हिट एण्ड रन सिद्धान्तका डोबहरू थिए । मुखले नभनिएको प्रयोग गरिदेखाएको हिट एण्ड रन सिद्धान्त पनि अन्नतः प्रचण्डलाई नै भारी परेको छ ।
स्वाभाविक र क्रमिक विकासमात्र दिगो, टिकाउ, सहज र सर्वस्वीकार्य हुन्छ । रावणको उदय पनि क्रमभंगबाट भएको थियो । रावणले सुनमय लंका कुबेरबाट छिने । बालीबाट मन्दोदरी खोसे । रावण पुत्र मेघनाथले स्वर्गमाथि चढाई गरे । मेघनाथले इन्द्रलाई पराजीत गरेकाले उनको नाम इन्द्रजीत रहन गयो । विश्वदादा रावणले सीताजीको हरण गरे । जब समय उल्टो चल्यो, तब रावणसँग केही बचेन ।
एमालेको क्रमिक विकासप्रतिको जलन र हतारपतारमा छलाङ हान्ने प्रचण्डको रहर अन्ततः जहर बनेको छ । हस्तिनापुरीको राजदेखि चपरीमुनिको बाससम्म प्रचण्डको भोगाइ देखेर रवि बटालियनको पनि सातो उडेको छ । हर्कत हेर्दा हेगमा हुनुपर्ने प्रचण्डको गन्तव्य सिंहदरबार हुनुको मोटो कारण गिरिजाप्रसाद कोइराला, माधव नेपाल र झलनाथ खनालले गरेको दया, दिएको छुट र असावधानी थियो । शंकाको फाइदा उठाउने सुनौलो अवसर प्रचण्डसामु थियो । मति, गति र सरस्वतीको दमले चल्नुपर्नेमा कपट, कृतघ्नता, घमण्ड र घृणाको राजनीति प्रचण्डको पहिचान भैदियो । यसले प्रचण्ड आफैंलाई ताछ्यो । जीपीलाई धोका दिएर हौसिएका प्रचण्डका चेत सेनापति काण्डपछि पनि फर्किएन । केपीको कमजोर स्वास्थ्यमाथिको खराब नियत र उल्टो जोडघटाउले उनलाई पौरखीको कित्ताबाट धकेलेर धूर्त परजीवीको कित्तामा प्रस्टैसँग पारिदियो । कार्यकर्ता र जनताको बलमा उभिएको एमालेको बनावटको बुझाइनेरको समस्याले प्रचण्डलाई उम्कनै नसक्ने खाडलतिर धकल्यो ।
प्रचण्डको रोजाइमा इमान कहिल्यै परेन । सुम्सुम्याएर सिध्याउने प्रचण्डको कला देखेर वनका ब्वाँसा पनि छक्क परे । सकसको बेलाको विद्रोही मानसिकता, प्रतिपक्षको भूमिका र उत्कर्षकालमा अपरिहार्य शासकीय सुझबुझबीचमा भेद-रेखा छुट्याउन नसक्नु र नचाहनु प्रचण्ड गल्ती सिलसिलाको आत्मघाती बिन्दु थियो, जसले एमाले र कांग्रेसको अपरिहार्य पुनरोदयको ढोका खोलिदियो ।
आफूले पाएको भारी छुट र प्रचुर अवसर चिन्न नसक्नुनेर प्रचण्डले पछारिनु पर्यो । मूलतः अरु कसैलाई मान्छे नै नगन्ने गल्तीले गर्दा प्रचण्डले ‘पुनः मुसिको भव’को घनचक्कर व्यहोर्नुपर्यो । चलाकीले एक पटक चल्छ, इमानदारिताले युग जितिन्छ । प्रचण्डको रोजाइमा इमान कहिल्यै परेन । सुम्सुम्याएर सिध्याउने प्रचण्डको कला देखेर वनका ब्वाँसा पनि छक्क परे । सकसको बेलाको विद्रोही मानसिकता, प्रतिपक्षको भूमिका र उत्कर्षकालमा अपरिहार्य शासकीय सुझबुझबीचमा भेद-रेखा छुट्याउन नसक्नु र नचाहनु प्रचण्ड गल्ती सिलसिलाको आत्मघाती बिन्दु थियो, जसले एमाले र कांग्रेसको अपरिहार्य पुनरोदयको ढोका खोलिदियो ।
सानो कदको हनिब्याजरले बाघ र भालुलाई हायलकायल पारे जस्तै ठूला दललाई सताउन, उनीहरूको आन्तरिक द्वन्द्वमा खेल्न, उनीहरूको असावधानीबाट लाभ उठाउन, उनीहरूलाई तोड्न, फोड्न, हाकाहाकीजहाँ टेक्यो त्यही भ्वाङ पार्न एउटा फुच्चेफाच्चे पार्टीको नेताको हैसियतले प्रचण्डले राखेको कीर्तिमान गिनिजबुकमा राख्नलायक रह्यो । विरक्तिएको युवा पुस्ताको संवेग भड्काएर महानायकको खोल ओढेका लोकतन्त्रविरोधी भिलेनहरूको डफ्फाको सक्कली अनुहार सतहमा आउन पनि समय लागेन । कथित नयाँशक्तिका जरा विचार, आदर्श, नीति, सिद्धान्त, योजना, सपना र गृह निर्माणको हुटहुटीमा थिएनन् । जीबी राईले गरेको फोहरमा उम्रिएका च्याउले एमाले र कांग्रेस रुपी विशाल बटवृक्षसँग लिएको टक्कर चुच्चो बढेको उन्मादमा भँगेराको चल्लाले पहरो कोपर्नु जत्तिकै उन्माद थियो । सेनापति काण्ड प्रचण्डको तानाशाही र लोकतन्त्रविरोधी खराब नियतको सिटी स्क्यान थियो भने सहकारी काण्ड रवि बटालियनका परालका खुट्टा प्रष्ट्याउने एक्स-रे हो ।
ओलीको रणनीतिक अडान र देउवाको पक्का वचन
अहिले एमाले र कांग्रेसका मिलेको हात र खुलेका चेत मातृभूमि नेपालले पाएको अभेद्य रक्षा कवच हो । प्राप्त उपलब्धिहरूको रक्षा, जनताका चुलिएका आकांक्षा, पारदर्शिता, भिन्न मतहरूको कदर, मुर्छित सपनाको उद्धार, तीव्र विकास, सुखी नेपाली र समृद्ध नेपालको महायज्ञ निर्विध्न अघि बढ्नेछ । यस महायज्ञको व्यास आसनमा श्रद्धापूर्वक एमालेजनले आफ्ना ओली बालाई राखेका छन् भने कांग्रेसजनले आफ्ना देउवा दाजुलाई राखेका छन् । यस महायज्ञको मक्सत जनदेवताको उपासना हुनेछ । युवा पुस्ता सहभागिता, जोस र होश यो यस महायज्ञको ध्वनि, गति र लय हुनेछ । ओलीको रणनीतिक अडान र स्वर्णाक्षरमा लेख्नयोग्य देउवाको पक्का वचनको भेट एक युगान्तकारी घटना सावित हुनेछ । असम्भव ठानिएको कांग्रेस र एमालेको जो यो गठबन्धन छ, यो सितिमिति टुट्नेछैन ।
नेपाल अस्थिर राजनीति सृजित मौलाएको भ्रष्टाचारले थलिएको देश हो । ओली र देउवासामु आफ्ना पूर्ववर्ती नेता र सहकर्मीहरू वीपी, पुष्पलाल, गणेशमान, मनमोहन, कृष्णप्रसाद, गिरिजाप्रसाद, मदन, सुशील कसैले पाएकोभन्दा बढी अनुकूलता र अवसर छ । कम्तीमा एक दशक एमाले र कांग्रेसले मित्रवत चुनावी प्रतिस्पर्धामात्र गर्ने हो भने भ्रष्टाचार नियन्त्रण र राजनीतिक स्थिरतामा नेपालको अनुभव र उपलब्धिले विश्वव्यापी मानकको कीर्तिमान स्थापित गर्नेछ ।
अहिले एमाले र कांग्रेसका मिलेको हात र खुलेका चेत मातृभूमि नेपालले पाएको अभेद्य रक्षा कवच हो । प्राप्त उपलब्धिहरूको रक्षा, जनताका चुलिएका आकांक्षा, पारदर्शिता, भिन्न मतहरूको कदर, मुर्छित सपनाको उद्धार, तीव्र विकास, सुखी नेपाली र समृद्ध नेपालको महायज्ञ निर्विध्न अघि बढ्नेछ ।
बहुदलभित्रै दुई दलीय व्यवस्था
इतिहासले सिद्ध गरेको विषय हो, एमालेजन र कांग्रेसजन नै लोकतन्त्र देवीका दीर्घसाधक हुन् । यी दुई शक्तिलाई अब विगतका गल्ती दोहो¥याउने छुट छैन । इतिहासले सिद्ध गरिसकेको छ विगतमा एमाले र कांग्रेसको तुष र कटुताको सहउत्पादनको रुपमा मुलुकले रवि र छविको उप्रिपाप्री भोग्नुपर्यो । जनतामा सार्वभौम सत्ता र राजकीय सत्ता स्थापित हुने गरी तीनतीन वटा महान जनआन्दोलनका सफल नेतृत्वदायी भूमिका खेलेका यी दुई जनआन्दोलनकारी शक्तिको एकता र सहकार्य आफैंमा महान उपलब्धि हो । चिसो भनेकै कोकाकोला लोकतन्त्र, शान्ति र अग्रगमन भनेकै एमाले र कांग्रेस भन्ने छाप पार्न सकेकाले यी दुई दलले सम्पूर्ण शक्तिका साथ सहकार्य गर्ने हो आउँदो एक दशकमा बहुदलीय व्यवस्थालाई दुई दलीय सारमा ढाल्ने सामर्थ्य राख्छन् । देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक विभेद समाधानार्थ राज्यको अग्रगामी पुनर्संरचनादेखि संवेदना उछालेर राष्ट्रिय एकताका तन्तु कमजोर पार्ने घुसपैठिया तत्व र परिचालित गोटीबाट सजग र सतर्क चेत पनि यिनै दुई दलसँग मात्र छ ।
प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानूनी राज्यका प्रतिको एमाले र कांग्रेस तप प्रतिप्रश्न उठाउने ठाउँ छैन र उछिन्ने औकात अन्य दलहरूसँग छैन । लोकतान्त्रिक मूल्य र मान्यता यी दुई दलका सिर्फ प्रतिबद्धतामात्र नभई अपितु जीवनशैली हो । लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक परिवर्तन, देशको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभीमानलाई केन्द्रमा राखेर नेपालको संविधान २०७२ को निर्माण र घोषणामा काँधमा काँध र हातमा हात मिलाएर अघि बढेका यी दुई जनआन्दोलनकारी शक्तिलाई दायित्वबाट भाग्ने छुट छैन । लोकतन्त्रबाट लाभ लिने तर लोकतन्त्रको बदनाम गर्नमा माओवादी, रास्वपालगायत केही स्वतन्त्र अनुहार धमिरो अवतारमा आएकाले जनतालाई भाषणले होइन, रासन र काशनले सचेत, संगठित, जागृत र आन्दोलित पार्ने कार्यभार दुई ठूला दलको काँधमा छ ।
स्थिरता, पारदर्शिता र निष्ठाको युग
निरन्तरको राजनीतिक अस्थिरताले गर्दा देश लगभग बेवारिस बनेको छ । स्थायी भनिएको कर्मचारी प्रशासनको सरकारमा पनि सचिव, सहसचिवको बढुवा, पदस्थापन र अवकाशले गर्दा जवाफदेहिता र पारदर्शिता हुन सकेन । यसले गर्दा ढिलासुस्ती र भ्रष्टाचार बढेको छ । विकास बजेट समयमै निकासा नहुने र महिनैपिच्छे बदलिने मन्त्रीले समग्र देशको पीडा, आवश्यकता र राज्यको क्षमता बुझ्न जान्न नपाउँदै बहिर्गमनको मार खेप्नुपर्ने अवस्था सुखद कुरा होइन । छोटो समयमा हुने यसप्रकारको फेरबदलीले कसको पालामा के कति राम्रो काम भयो र अनियमितता भयो सोधखोज गर्न समय सरोकारवाला र अनुगमनकारी निकायसँग हुँदैन । भ्रष्टाभार हुने देशमा नेपाल अग्रपंक्तिमा रहनुको कारण नै राजनीतिक अस्थिरता र आदर्शच्युत राजनीति हो ।
एमाले र कांग्रेसको गठबन्धन राजनीतिक स्थिरता, सुशासन, पारदर्शिता, निष्ठा र आदर्शको राजनीतितिरको पहिलो पाइला हो । यसले राजनीतिमै जीवन होमेका, प्रतिस्पर्धामा किनारामा धकेलिन पुगेका, समय प्रतिकूल रहेका आस्थाका इस्पातहरूको उद्धार गर्नेछ भने डेटिङ बस्दाबस्दै, देशाटनमा रहँदारहँदै, पार्टी फोड्दाफोड्दै पनि समयको उपहार चिट्ठा परेर राजनीतिज्ञको कुर्सीमा बसेका अवसरवादीको भीडलाई भोजभतेरपछि तितरबितर भएका विवाहका जन्तीलाई जस्तै विसर्जनको मुखमा पुर्याउने छ । सत्य र असत्यको जीतहार चक्र जस्तै घुम्छ । निष्ठाभन्दा कुण्ठा, आस्थाभन्दा अवसर, मिसनभन्दा कमिसन ठूलो ठान्ने घटिया सोचमाथि निर्मम बन्न सक्नुमै सत्ता गठबन्धनको औचित्य र अपरिहार्यताको चुरो हुनेछ ।