डोटीका स्थानीय तहको विपद् व्यवस्थापन कोषमा १ करोड ८४ लाख रकम – Nepal Press

डोटीका स्थानीय तहको विपद् व्यवस्थापन कोषमा १ करोड ८४ लाख रकम

डोटी । डोटी जिल्लाका स्थानीय तहका विपद् व्यवस्थापन कोषमा १ करोड ८४ लाख ३८ हजार एक सय ८४ रुपैयाँ रहेको छ ।

जिल्ला प्रशासन कार्यालय, डोटीले तयार पारेको मनसुन पूर्वतयारी कार्ययोजनामा उल्लेख भए अनुसार जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा सवैभन्दा बढी ३७ लाख रुपैयाँ मौज्दात रहेको छ ।

यस्तै, आदर्श र पूर्वीचौकी गाउँपालिकामा समान ३५ लाख रुपैयाँको कोष रहेको छ । दिपायल सिलगढी नगरपालिकाको कोषमा २० लाख ८७ हजार ५ सय, जोरायल गाउँपालिकामा १९ लाख ३९ हजार २ सय ७२, सायल गाउँपालिका १८ लाख र शिखर नगरपालिकामा १६ लाख ९१ हजार ४ सय १३ रुपैयाँ रहेको छ । केआई सिंह गाउँपालिकाको कोषण्मा सबैभन्दा कम दुई लाख २० हजार मौज्दात रहेको छ । बडीकेदार गाउँपालिकाले भने विपद् व्यवस्थापन कोष स्थापना गरेको देखिएन ।

कार्ययोजना अनुसार जिल्लामा ६ सय परिवारका ३ हजार दुई सय जनसंख्या बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । सवैभन्दा बढी दिपायल सिलगढी नगरपालिकाका एक सय घरधुरीका पाँच सय ७० जना प्रभावित हुने जनाइएको छ ।

शिखर नगरपालिकामा ८५ घरधुरी, केआइसिंहमा ६० घरधुरी, बोगटान फुड्सिलका ५० घरधुरी, बडीकेदारका ५५ घरधुरी, आर्दशका ६०, पूर्वीचौकीका ६५, सायलका ६० घरधुरी र जोरायल गाउँपालिकाका ६५ घरधुरी प्रभावित हुने उल्लेख छ ।

कार्ययोजनामा विपद्बाट हुन सक्ने क्षति न्यूनिकरण गर्न सुरक्षा निकाय, स्थानीय तह र रेडक्रसले जनशक्ति परिचालन गरिरहेको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *