बाबर, शाहिन र रिजवानलाई ग्लोबल टी–२० खेल्न पाकिस्तानले दिएन अनुमति
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले क्रिकेटर बाबर आजम, शाहिन अफ्रिदी र मोहम्मद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी–२० खेल्न अनुमति दिन अस्वीकार गरेको छ ।
तीन खेलाडी र चयन समितिसँग परामर्शपछि बोर्डले नोऑब्जेक्शन सर्टिफिकेट (एनओसीं) अस्वीकार गरेको हो ।
पीसीबीले गत हप्ता हन्ड्रेड खेल्न नसिम शाहको एनओसी पनि अस्वीकार गरेको थियो । बाबर र रिजवान भ्यानकुभर नाइट्स र शाहिन टोरोन्टो नेशनल्समा आवद्ध भएका थिए । उक्त लिगमा नेपालका ३ खेलाडी पनि अनुबन्ध भएका छन् ।
दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित पौडेल टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् ।
जुलाई २५ देखि अगस्ट २१ सम्म टी–२० लिग हुँदै छ ।