प्रधानमन्त्रीलाई विश्वप्रकाशले भने- तपाईंविरूद्ध विगतमा कांग्रेसले उठाएको मुद्दा त्यसै थन्काउँदैन (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई विश्वप्रकाशले भने- तपाईंविरूद्ध विगतमा कांग्रेसले उठाएको मुद्दा त्यसै थन्काउँदैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफूहरुले उठाएको मुद्दामा सहकार्य गरेपनि मौन नबस्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीको बिषयमा आफूहरुले उठाएको मुद्दा कांग्रेसले नथन्काउने बताए।

उनले भने, ‘ओली सरकारलाई सफल बनाउँन हामी कांग्रेसले साथ दिन्छौं। हामी उभिएर विश्वासको मत दिएका छौं त्यसकारण तपाईको बारेमा हामीले उठाएका सबै मुद्दा थान्को लगाउँछौं भन्ने विल्कुल होइन। उहाँहरुको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौं त्यो पनि होइन।’

नयाँ सरकार बनेर नेपाललाई नविन सम्भावनातिर लैजान दुई ठूला दल मिलेको बताए।

उनले अगाडि भने, ‘दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्ष स्वर कमजोर हुन्छ कि भन्ने आम बौद्धिक वर्गमा चिन्ता छ। मैले यहाँ भन्नुपर्छ माओवादी खरो ढंगले नै प्रतिपक्षको रुपमा प्रस्तुत हुन्छ। रास्वपाले पनि बन्नुपर्छ।


प्रतिक्रिया

4 thoughts on “प्रधानमन्त्रीलाई विश्वप्रकाशले भने- तपाईंविरूद्ध विगतमा कांग्रेसले उठाएको मुद्दा त्यसै थन्काउँदैन (भिडिओ)

  1. ओम्नी यति र गिरिबन्धु मा के भएको छ जनतालाई सुसूचित हुने अधिकार छ राजनैतिक स्ट्रन मात्र हुनुहुदैन यदि नेकपा एमालेले गलत गरेको भए क्षम्य हुनुहुँदैन र अन्य पार्टी को पनि स्पष्ट आउनुपर्छ बजारमा चलेको सबै छानबिन होस्

  2. ओम्नी यति र गिरिबन्धु मा के भएको छ जनतालाई सुसूचित हुने अधिकार छ राजनैतिक स्ट्रन मात्र हुनुहुदैन यदि नेकपा एमालेले गलत गरेको भए क्षम्य हुनुहुँदैन र अन्य पार्टी को पनि स्पष्ट आउनुपर्छ बजारमा चलेको सबै छानबिन होस्

  3. सतहमा देखियका र भनियका सम्पुर्ण बदमासिका लुकाइयका दबाइयका पनि छन भने उत्खनन् गरेर भय पनि बाहिर ल्याउन पर्छ सर्त यति मात्र हो कि निस्पक्छेता अपनाउन सक्नु पर्छ स्टण्ट मात्र होइन सत्य तथ्य उजागार हुनु प्र्छ।त्यसका लागि दुई ठुला दल तयार हुनुको बिकल्प छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर