घनश्यामको टिप्पणी : कांग्रेस-एमालेले माओवादीलाई घुस खान सिकाए (भिडिओ) – Nepal Press

घनश्यामको टिप्पणी : कांग्रेस-एमालेले माओवादीलाई घुस खान सिकाए (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कांग्रेस एमालेले माओवादीलाई घुस खान सिकाएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै दुई ठूला दल मिलेर माओवादीलाई पनि आफूजस्तै बनाएको टिप्पणी गरे।

उनले भने, ‘घुस खाने मान्छेहरु नभएको पार्टीले मात्रै राम्रो सरकार बनाउँन सक्छ। राजाले घुस खान परम्परामा सिके, अन्तबाट पनि सिके होलान्, कांग्रेसले राजावाद सिक्यो संस्थागत रुपमा, हामी एमाले भएर कांग्रेसबाट सिक्यौं, हामी दुईटै मिलेर माओवादीलाई घुस खान सिकाएका हौं भन्ने लाग्छ। हामीले आफूजस्तै बनाइदियौं भन्ने लाग्छ मलाई चाहिँ।’

उनले पार्टीहरुलाई अब राज्यदोहन गरेर आफू र नेता कार्यकर्ता पाल्ने तगारो तोक्नुपर्ने बताए।


प्रतिक्रिया

One thought on “घनश्यामको टिप्पणी : कांग्रेस-एमालेले माओवादीलाई घुस खान सिकाए (भिडिओ)

  1. घनश्याम के बोल्दै छन के माओवादी घुसिया हो भ्रष्टाचारी हो नत्र यस्तो किन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर